सन् २०२२ मा दुई करोड ६ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट मेक्सिको पुगे


प्रकाशित मिति : माघ १६, २०७९ सोमबार

सन् २०२२ मा हवाई मार्गबाट २ करोड ६ लाख अन्तर्राष्ट्रिय पर्यटक मेक्सिको पुगेका थिए । अघिल्लो वर्षको तुलनामा ४६.३ प्रतिशतले बढी भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पर्यटकहरू संयुक्त राज्य अमेरिका, क्यानडा र कोलम्बियाबाट आएका बताइएको छ कुल मिलाएर एक करोड ५६ लाख पुग्यो । सन् २०२१ को तुलनामा ३९.५ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अन्य राष्ट्र करिब ४९ लाख ८१ हजार पर्यटकहरू रेकर्ड गरिएको थियो । यो २०२१ को तुलनामा ७२.७ प्रतिशतले वृद्धि हो र २४.२ प्रतिशतको बजार हिस्सा प्रतिनिधित्व गर्ने मन्त्रालयले जानकारी दिएको छ । मुख्य पर्यटक गन्तव्यहरू मेक्सिकन क्यारिबियनको क्यानकुन र बाजा क्यालिफोर्निया सुर राज्यको लस क्याबोस भएको मन्त्रालयले थप जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com