रवि लामिछाने आफ्नै देशमा ‘राज्यविहीन’


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

नेपालको सर्वोच्च अदालतको फैसलापछि रवि लामिछाने आफ्नै देशमा राज्यविहीन भएका छन् । अर्थात् तत्कालका लागि उनीसँग कुनै पनि देशको बैध नागरिकता छैन । अमेरिकी नागरिकता परित्याग गरिसकेकाले उनले तत्कालै अमेरिकी नागरिकता प्राप्त गर्न सम्भव छैन ।

उनले अमेरिकी नागरिकता प्राप्त गर्न चाहेको खण्डमा उनले अन्य आप्रवासी सरह सुरुबाटै प्रकृया सुरु गर्नुपर्छ । त्यसका लागि उनले सबैभन्दा पहिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नुपर्छ । अमेरिकी ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षपछि अमेरिकी नागरिकताका लागि आवेदन दिन सकिन्छ ।

नेपालको नागरिकता प्राप्त गर्नका लागि उनले पुन प्राप्तिको प्रक्रियामा जानु पर्ने हुन्छ। त्यसका लागि उनले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाएर नयाँ नेपाली नागरिकता प्राप्त गर्नसक्ने प्रावधान छ । जुन अमेरिकी नागरिकता पुन प्राप्तीको तुलनामा सहज छ ।

अमेरिकी सरकारको रेकर्ड अनुशार उनले सन् २०१८ को जुलाईदेखि सेप्टेम्बरको तेश्रो क्वार्टरमा अमेरिकी नागरिकता त्यागेका थिए । उनले काठमाडौंमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकी नागरिकता त्यागेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्चको फैसलापछि लामिछाने पहिले वंशजको आधारमा नागरिकता भएको र आफै जन्मेको देशमा राज्यविहीन भएका हुन् ।

सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । सर्वोच्चको फैसलापछि उनी गृह मन्त्रालयबाट बाहिरिएका छन् । उनले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको बताएका छन् ।

मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन् -‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न गर्दा भने – ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com