पाकिस्तानी रुपैयाँमा कीर्तिमानी गिरावट, एक डलरको मूल्य २५५ रुपैयाँ


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

पाकिस्तानी रुपैयाँ कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ । गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानी अर्थतन्त्रको चिन्ता गहिरिँदै गएको छ । बिहीबार पाकिस्तानी रुपैयाँ एक डलरको तुलनामा २५५ मा झरेको थियो ।

पाकिस्तान सरकारले एक दिन अघि नै रुपैयाँको विनिमय दरमा आफ्नो पकड ढिलो गरिदिएपछि यो गिरावट आएको हो ।

वास्तवमा, पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिनको लागि आफ्नो सर्त अनुसार खुला बजार मूल्य अनुसार आफ्नो रुपैयाँ छोड्यो।

अहिलेसम्म पाकिस्तानले एक डलरको मुल्य २३१ रुपैयाँमा आफ्नो मुद्रालाई कुनै न कुनै रूपमा रोकेको भएपनि त्यसका कारण सरकारमा डलर आउन सकेको छैन । बैंकमा नभई खुल्ला बजारमा डलर साट्न थालेपछि मनमानी पैसा माग्न थालिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेहबाज सरिफ सरकारमाथि आईएमएफबाट ऋण जुटाउन दबाब बढ्दै गएको र त्यसलाई मध्यनजर गर्दै बिहीबार रुपैयाको भाउमा ढिलाइ भएको हो ।

यसै साता पाकिस्तानको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएर २४ वर्षयताकै महँगो दर बनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com