पाकिस्तानी रुपैयाँमा कीर्तिमानी गिरावट, एक डलरको मूल्य २५५ रुपैयाँ


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

पाकिस्तानी रुपैयाँ कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ । गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानी अर्थतन्त्रको चिन्ता गहिरिँदै गएको छ । बिहीबार पाकिस्तानी रुपैयाँ एक डलरको तुलनामा २५५ मा झरेको थियो ।

पाकिस्तान सरकारले एक दिन अघि नै रुपैयाँको विनिमय दरमा आफ्नो पकड ढिलो गरिदिएपछि यो गिरावट आएको हो ।

वास्तवमा, पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिनको लागि आफ्नो सर्त अनुसार खुला बजार मूल्य अनुसार आफ्नो रुपैयाँ छोड्यो।

अहिलेसम्म पाकिस्तानले एक डलरको मुल्य २३१ रुपैयाँमा आफ्नो मुद्रालाई कुनै न कुनै रूपमा रोकेको भएपनि त्यसका कारण सरकारमा डलर आउन सकेको छैन । बैंकमा नभई खुल्ला बजारमा डलर साट्न थालेपछि मनमानी पैसा माग्न थालिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेहबाज सरिफ सरकारमाथि आईएमएफबाट ऋण जुटाउन दबाब बढ्दै गएको र त्यसलाई मध्यनजर गर्दै बिहीबार रुपैयाको भाउमा ढिलाइ भएको हो ।

यसै साता पाकिस्तानको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएर २४ वर्षयताकै महँगो दर बनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com