आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारलाई सघाउन अमेरिकामा १ दिनमै १० हजार डलर संकलन


प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार

आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारलाई सघाउन अमेरिकामा १ दिनमै १० हजार डलर संकलन भएको छ । गोफण्डमीमा सुरेश दर्पण पोखरेलले सुरु गरेको अभियानमा यो समाचार तयार पार्दासम्म १० हजार ९८ डलर संकलन भएको छ ।

अहिलेसम्म ३३९ जनाले डोनेशन गरेका छन् भने सबैभन्दा धेरै २०१ डलरसम्म डोनेशन गरिएको छ ।

आचार्यको पत्रमा उल्लेख भए बमोजिम परिवारमाथी परिरहेको आर्थिक भारलाई केहि हदसम्म भएपनि न्यून गर्न र बाबाको असामयिक निधनबाट मर्माहत बन्न पुगेका २ छोरीहरूको शिक्षा दीक्षाकालागि व्यक्तिगत पहलमा‘ गोफण्डमी अभियान चलाएको पोखरेलले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अभियानका सम्बन्धमा आफूले प्रेम प्रसाद आचार्यकी श्रीमती नानुका अधिकारी आचार्य र परिवारसँग समेत अनुमति लिएर कार्य अगाडि बढाएको उनको भनाई छ ।

१० हजार डलरको लक्ष्यसहित सुरुगरिएको यो अभियानमा लक्षित रकम १ दिनमै संकलन भएको हो । गो फन्डमीले लिने २ दशमलव ९ प्रतिशत सेवा रकम घटाएर प्राप्त हुने सम्पूर्ण रकम प्रेमप्रसाद आचार्यकी श्रीमति नानुका अधिकारी आचार्यलाई यथासिघ्र हस्तान्तरण गरिने टेक्सासमा बस्दै आएका पोखरेलले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com