न्युयोर्कमा छोरीको छात्रावासको कोठाबाट यौनधन्दा चलाउने व्यक्तिलाई ६० वर्षको जेल सजाय


प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार

woman in gold dress holding sword figurine

न्युयोर्कमा आफ्नी छोरीको कलेजको छात्रावासको कोठामा बसेर यौनधन्दा चलाउने व्यक्तिलाई शुक्रबार ६० वर्षको जेल सजाय सुनाइएको अमेरिकी न्याय विभागले जनाएको छ। उक्त व्यक्तिले कलेजका विद्यार्थीहरूको समूहलाई वर्षौंसम्म यौन गतिविधिमा संलग्न गराएको अभियोगमा यो सजाय भएको हो ।

६३ वर्षीय लरेन्स रेलाई गत अप्रिलमा यौनधन्दा लगायत ठगीको षड्यन्त्र, हिंसात्मक अपराध, जबरजस्ती कर छली, जबरजस्ती श्रम, मनी लान्ड्रिङ लगायतका अपराधमा दोषी ठहर गरिएको थियो । रेले कलेजका विद्यार्थी र अन्य पीडितहरूलाई निद्राको अभाव, मनोवैज्ञानिक र यौन अपमान, मौखिक दुर्व्यवहार, शारीरिक हिंसाको धम्की, शारीरिक हिंसा, आपराधिक धम्कीहरू जस्ता रणनीतिहरू प्रयोग गरेर यौन दुर्व्यवहारको शिकार गरेको जनाइएको छ ।

सारा लरेन्स कलेजमा आफ्नी छोरीको कोठामा बस्ने रेले एउटी महिलालाई व्यापारिक यौन क्रियाकलापमा संलग्न हुन बाध्य बनाइएको जनाइएको छ । रेले पीडितको यौन तस्बिरहरू सङ्कलन गरेर लगातार व्यावसायिक यौन कार्यमा जबरजस्ती गर्न प्रयोग गरेको अधिकारीहरूले बताएका छन् ।

brown wooden tool on white surface

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेले एक पटक पीडितलाई कुर्सीमा बाँधेर उनको टाउकोमा प्लास्टिकको झोला राखेर निसास्सिने बनाएको समेत जनाइएको छ । पीडितहरूले रेका लागि आमाबाबुको रकम चोरेर, चिनजानका व्यक्तिहरूबाट मागेर, घर जग्गाको स्वामित्व बेचेर रकम दिनुका साथै रेको निर्देशनमा वेश्यावृत्ति मार्फत पैसा कमाएर समेत दिएको अधिकारीहरूले बताएका छन् । उनीहरूले रेलाई लाखौं डलर तिरेका थिए।

गोड्याडी पोर्टफोलियोको बिक्रीबाट प्राप्त २४ लाख डलर आम्दानी र उत्तरी क्यारोलिनाको घर सहित जफत गर्न पनि आदेश दिइएको छ । अदालतले पीडितले क्षतिपूर्तिमा कति पाउने भन्ने निर्णय गरेको छैन।

अनुसन्धान अप्रिलमा न्युयोर्क पत्रिकाको द कटमा प्रकाशित एउटा लेख द स्टोलन किड्स अफ सारा लरेन्स शीर्षकबाट प्रेरित भएको थियो । यो कलेजमा १७ सय विद्यार्थीहरू छन् र योन्कर्समा अवस्थित छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com