स्वास गन्हाउने समस्या ६० प्रतिशत समाधान गर्न विहान खाली पेटमा पानी पिउन सुझाव


प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार

person holding clear drinking glass

कतै तपाईको स्वास गन्हाउने समस्या त छैन ? बिहान खाली पेटमा एक गिलास पानी पिउनु बिहानको स्वास गन्हाउने समस्या कम गर्ने प्रभावकारी तरिका भएको अनुसन्धानले देखाएको छ ।

इन्टरनेशनल जर्नल अफ डेन्टल हाइजीनमा प्रकाशित एक अनुसन्धानले पनि खालीपेटमा एक गिलास पानी पिउनाले सासको दुर्गन्धमा योगदान गर्ने ६० प्रतिशत तत्व हटाउन मद्दत गर्ने निचोड निकालेको थियो ।

सास गन्हाउनु सामान्य समस्या हो र त्यसका धेरै फरक कारणहरू हुन सक्छन् । लगातार सास गन्हाउनु सामान्यतया तपाईंको दाँत, गिजा र जिब्रो कोट गर्ने ब्याक्टेरिया द्वारा निस्कने दुर्गन्धित ग्यासहरुको कारण हो।

यद्यपि अध्ययनले पानीको सकारात्मक प्रभावहरू देखाएको छ । ब्रिटिश सोसाइटी अफ डेन्टल हाइजीन एन्ड थेरापीले बिहानको सास गन्हाउने समस्या हल गर्ने अझ प्रभावकारी तरिकाहरू छन् भनेर हाइलाइट गरेको थियो ।

सास गन्हाउने ब्याक्टेरियाहरू हटाउन बिहान एक गिलास पानी दिनको सुरुवात गर्ने उत्तम तरिका भएपनि मानिसहरूले यसलाई समाधानको रूपमा लिन नहुने चिकित्सकहरु बताउँछन् । सासको दुर्गन्धलाई हराउनको लागि उत्तम तरिका मुखको स्वास्थ्यको ख्याल गर्नुपर्ने चिकित्कसहरुको सुझाव छ ।

तपाइँले सुत्नु अगाडि र दिनको कम्तिमा एक पटक फ्लोराइड टूथपेस्टले दाँत माझ्नु पर्छ। दाँत र जिब्रोको बीचमा अड्केका खानाका टुक्राहरू कुहिदापनि कहिलेकाहीँ अप्रिय गन्ध ल्याउन सक्छ । दिनको कम्तिमा एक पटक इन्टरडेन्टल ब्रस वा फ्लसले आफ्नो दाँतको बीचमा सफा गर्नाले यो रोक्न मद्दत गर्न सक्छ।

आफ्नो जिब्रो पनि सफा गर्न नबिर्सनुहोस् । जिब्रो स्क्र्यापर प्रयोग गर्नुहोस्, जसले थप ब्याक्टेरिया हटाउन मद्दत गर्छ ।

डा निगेल कार्टर ओबीईका अनुशार सास गन्हाउने भए नभएको थाहा पाउन एउटा सरल परीक्षण गर्न सकिन्छ । त्यसका लागि तपाई केवल आफ्नो नाडीको भित्री भाग चाट्नुहोस्, यसलाई केहीसेकेण्ड सुक्न दिनुहोस् । त्यसपछि सुँघ्नुहोस् । यदि गन्ध खराब छ भने तपाइँ निश्चित हुन सक्नुहुन्छ कि तपाइँको सास गन्हाउने समस्या छ ।

यदि तपाईंलाई सास गन्हाउने समस्या छ भने, तपाईंले खानुहुने सबै खानेकुराहरूको सुची राख्ने प्रयास गर्नुहोस् र तपाईंले लिइरहनुभएको कुनै पनि औषधिहरू सूचीबद्ध गर्नुहोस्। यो सुची आफ्नो दन्त चिकित्सक वा स्वास्थ्य विशेषज्ञलाई देखाउनुहोस् । जसले समस्या समाधान गर्ने तरिकाहरू सुझाव दिन सक्षम हुन सक्छ।

यदि तपाई निरन्तर सासको दुर्गन्धबाट ग्रस्त हुनुहुन्छ भने यो महत्त्वपूर्ण छ कि तपाईले यसलाई निरन्तर ढाक्नु हुँदैन किनकि यो अधिक गम्भीर समस्याहरूको संकेत हुन सक्छ । तपाईले जतिसक्दो चाँडो दन्त टोलीलाई भेट्नुपर्छ।

हाम्रो दाँत र गिजामा रहेको ब्याक्टेरिया प्लेक गिजाको रोग र दाँतमा किराको कारण हुन्छ। गिजाको रोगको चेतावनी चिन्हहरू मध्ये एक भनेको तपाईको मुखमा सधैँ दुर्गन्ध हुनु हो।

अन्य चिकित्सा अवस्थाका कारण पनि सास गन्हाउँछ । घाँटी, नाक वा फोक्सोमा संक्रमण, साइनसाइटिस, ब्रोन्काइटिस, मधुमेह वा कलेजो वा मृगौला समस्याहरू भएमा पनि सास गन्हाउन सक्छ ।

दन्तचिकित्सकलाई भेटेर उनीहरूले सिफारिस गरे अनुसार यी समस्याहरू उजागर गर्न सकिन्छ । समस्याहरू जति चाँडो फेला पर्छन्, उपचार त्यति प्रभावकारी हुनेछ।

यद्यपी तत्कालका लागि पानी आहारको एक अत्यावश्यक भाग भएकाले पनि मुखको स्वास्थ्यको लागि धेरै फाइदाहरू छन् । त्यसैले बिहान एक गिलास पानी पिउनु राम्रो विचार हो ।

यदि तपाई सास गन्हाउनुको कारण के हो भनेर राम्ररी पत्ता लगाउन सक्नुहुन्न भने, समाधान जत्तिकै सजिलो हुन सक्छ । धेरै पानी पिउनुहोस् । डिहाइड्रेशनले सास गन्हाउँछ किनभने जब तपाईंको शरीरमा पानीको अभाव हुन्छ, तपाईंको शरीरले पर्याप्त र्याल उत्पादन गर्दैन। र्याल बिना फोहोर सफा नहुने भएकाले ब्याक्टेरिया बढ्ने र सासको दुर्गन्ध पैदा गर्ने हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com