अमेरिकी राज्य मेरिल्याण्डको लेफ्टिनेन्ट गभर्नर बनिन् भारतीय मूलकी अरुणा


प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार

भारतको हैदरावाद सहरमा जन्मिएकी अरुणा मिलर अमेरिकी राज्य मेरिल्याण्डको लेफ्टिनेन्ट गभर्नरमा निर्वाचित भएकी छन् । उनी यस पदमा निर्वाचित हुने पहिलो भारतीय-अमेरिकी राजनीतिज्ञ बनेकी छिन्।

बुधबार अरुणाले प्रदेशको दशौं लेफ्टिनेन्ट गभर्नरका रुपमा सपथ ग्रहण गरेकी छन् । यसै सन्दर्भमा उनले ट्विट गर्दै भनेकी छिन्, “हामीले इतिहास रचेका छौँ। तर सत्ता इतिहास बनाउने होइन, शक्ति जनताको हातमा छ। यो त यात्राको सुरुवात मात्र हो।”

५८ वर्षीय मिलरको परिवार वर्षौं अघि अमेरिकामा बसोबासगर्दै आएको छ ।  उनी १९६४ मा भारतको आन्ध्र प्रदेशमा जन्मिएकी हुन् । उनी सात वर्षकी हुँदा उनको परिवार अमेरिका आएको थियो ।

दुई दाजुभाइ र आमाबुबासँगै उनी न्यु योर्कमा बस्थीन् जहाँ उनको बुबा मेकानिकल इन्जिनियरको रूपमा काम आईबीएममा काम गर्थे । उनले अपस्टेट न्युयोर्क र बलविन, मिजौरीका सरकारी विद्यालयहरूमा पढिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिलरले मिजौरी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा विज्ञानमा स्नातक डिग्री हासिल गरिन् ।  त्यसपछि उनले मोन्टगोमेरी काउन्टी विभागको यातायातमा २५ वर्ष काम गरिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com