साउदी अरबका पुरुषले लगाउने सेतो पोशाक र कालो रिङ


प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार

साउदी अरेबियाको नाम सुन्ने बित्तिकै मनमा पहिलो कुरा आउँछ त्यहाँको बालुवा र दोस्रो त्यहाँको पहिरन । यदि तपाईंले याद गर्नु भएको छ भने साउदी अरबका अधिकांश पुरुषहरू सेतो लामो पोशाकमा देखिन्छन्। यससँगै उनको टाउकोमा कालो रिङले कपडा पनि बाँधिएको हुन्छ । त्यहाँका मानिसहरूलाई यस्तो पहिरनमा देखेर दिमागमा आउने प्रश्न हो, किन त्यहाँका मानिसहरू यस्तो लुगा लगाउँछन् होला ?

सेतो लुगा लगाउनुको कारण
अरब इमिरेट्सका मानिसहरूले यो विशेष प्रकारको लुगा लगाउनुको कारण त्यहाँको गर्मी हो। साउदी अरेबिया मरुभूमिमा अवस्थित छ भन्ने कुरा सबैलाई थाहा छ । यस्तो अवस्थामा त्यहाँको गर्मी असह्य हुन्छ । जसका कारण त्यहाँका पुरुषहरूले यो सेतो रंगको लुगा लगाउँछन्। यसका साथै चर्को घामबाट टाउकोलाई जोगाउन टाउकोमा कपडा पनि बाँध्छन् ।

त्यो सेतो लुगालाई के भनिन्छ ?

कुर्ता जस्तो देखिने यस सेतो रंगको पोशाकको पनि विशेष नाम छ। अरबी पुरुषहरूको मनपर्ने पोशाकलाई ‘कन्दुरा’ भनिन्छ। कतिपयले यसलाई ‘थाउब’  पनि भन्ने गर्दछन् । यदी हामी यसको बनावटको बारेमा कुरा गर्छौं भने, यो लुगाको कपडा धेरै हल्का छ। जसका कारण गर्मी मौसममा लगाउँदा तातो लाग्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टाउकोमा कालो रिङको रहस्य
सेतो रङको पहिरनसँगै त्यहाँका पुरुषहरूले टाउकोमा कपडा पनि बाँध्छन्। जसलाई घुत्रा र कुफिया पनि भनिन्छ । त्यो कपडासँगै टाउकोमा कालो रंगको कपडाको रिङ पनि छ ।उनीहरुले टाउकोमा राखिएको कपडालाई हावाबाट बचाउनको लागि रिङको प्रयोग गरेका हुन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com