१६ बर्षअघि यतिकै विमान चलाउँदा श्रीमानको निधनपछि अमेरिकामा पाइलट पढेकी अञ्जुको सपना अधुरै


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानकी सहायक पाइलट विराटनगरकी अञ्जु खतिवडा १०० घण्टा उडान पूरा गरेपछि क्याप्टेन बन्नै लागेकी थिइन् । तर उनको यो सपना पूरा हुन पाएन ।

आज सफल अवतरणपछि अञ्जुले मुख्य पाइलटको लाइसेन्स लिन लागेकी थिइन् । तर, लक्ष्यबाट १० सेकेन्ड मात्रै टाढा हुँदा उनको सपना चकनाचुर भयो र धुवाँमा बिलायो ।

४५ वर्षीय अञ्जुले करिब सय घण्टा उडान भरिसकेकी थिइन् । आइतबार काठमाडौं–पोखराको उडान गरिसकेपछि उनको पाइलटमा बढुवा हुने अन्तिम परीक्षण उडान थियो । आज पाइलट कमल केसीले विमान उडाउँदा खतिवडा सहायक पाइलट थिइन् ।

तस्बिर: प्रकाश माथेमा/एएफपी

१६ वर्षअघि जुन २१, २००६ मा भएको विमान दुर्घटनामा अन्जुले आफ्नो जीवनसाथी गुमाएकी थिइन्। उनका श्रीमान् पनि को पाइलट नै थिए । संयोगवश यती एयरलाइन्सकै लागि को पाइलट थिए । १६ वर्षअघि नेपालगञ्जबाट सुर्खेत हुँदै जुम्लाका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६ यात्रु र चालक दलका ३ सदस्यको मृत्यु भएको थियो । मारिएका मध्ये एक जना अन्जुका श्रीमान दीपक पोखरेल थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरेलले सुरुमा नेपाली सेनाको हेलिकप्टर उडाउँथे । उनलाई यति एयरलाइन्सले जागिर दिने अफर गरेपनि उनले विमान चलाउन थालेका थिए । श्रीमानको पाइलट बन्ने सपना आफूले साकार पार्न अञ्जु अमेरिका गएर पाइलट पढेर फर्किएकी थिइन् ।

अञ्जु पाइलट कोर्स गर्न ६ वर्षकी छोरी मेलिसालाई नेपालमै छाडेर अमेरिका गएकी थिइन् । अहिले उनकी छोरी मेलिसा क्यानडामा अध्ययनरत छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com