दोश्रो कार्यकालका लागि भागवत गीता छोएर सपथ लिदै मेरिल्याण्ड राज्य सांसद भण्डारी


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले भागवत गीता छोएर सपथ लिने भएका छन् । भण्डारीले बुधबार हुने सपथग्रहणमा उनले भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मध्यान्न १२ बजे मेरील्याण्डको राज्य सांसद पदको सपथ लिनेछन् ।

भण्डारीले पहिलो कार्यकालका लागि ४ बर्ष अगाडि बेदलाई साक्षी राखेर सपथ लिएका थिए । आफूले सबै धर्मको सम्मान गर्ने र आफ्नो धर्मलाई माया गर्ने बताउँदै भण्डारीले हिन्दुहरुको धार्मिक ग्रन्थ बेदलाई साक्षी राखेर सपथ लिएका थिए ।

बुधबार भागवत गीतालाई छोएर सपथ लिने तयारीबारे भण्डारीले भने – ‘४ वर्ष पहिले वेद लिएर सपथ लिएको सम्झिरहेको छु । हामीलाई नेपाल र नेपाली भन्ने परिचय दिने हाम्रा पुस्ताहरुलाई सम्झिरहेछु । बितेको ४ वर्षमा हाम्रो समुदायलाई गर्न सकेका उपलब्धि सम्झिरहेको छु । भोलि दिउँसो भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मैले हाम्रा सन्ततिको नाममा मध्यान्न १२ बजे मेरील्याण्डको संम्सद पदको पुन सपथ लिनेछु । पवित्र ग्रन्थले सेवाको मूल्यहरूको प्रतीकको रुपमा मेरो हृदयमा विशेष स्थान छ र हाम्रो समुदायलाई निरन्तर अभिप्रेरित गरिरहने छ भन्ने मेरो विश्वास छ ।’


मेरिल्याण्डका गभर्नर ल्यारी होगनले बिलमा हस्ताक्षर गर्ने क्रममा साथमा भण्डारी ।

गत नोभेम्बरमा भण्डारी मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित भएका हुन् । कूल १९,७०२ मत ल्याई भण्डारी पहिलो निर्वाचित विधायक बनेका हुन् ।  १ लाख ३० हजार जनसंख्या रहेको यो डिस्ट्रिक्टमा मतदान गर्न योग्य जनसंख्या १ लाख २ हजारभन्दा धेरै छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको निर्वाचनमा टिचर फर डेलिगेट भन्ने नारा अगाडि सारेका थिए ।

नेपालमा नै सरकारी स्कुल र सरकारी विश्वविद्यालयमा पढेर अमेरिका आएका पर्वतका भण्डारी २०११ मा अमेरिकन नागरिक बनेका हुन् । नेपालमा १३ वर्ष शिक्षक पेशामा रहेर काम गरेका उनले पछि अमेरिकामा पनि अध्यापन पेशा नै रोजे ।

नेपाली अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण शीर्षकमा शोध गर्दै भण्डारीले सन् २०२१ मा अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्डबाट पीएचडी गरेका थिए ।

सन् २००५ अक्टोबरमा अमेरिका आएका भण्डारी अमेरिका आप्रवासमा आएको पहिलो पुस्ताले गर्ने प्रारमिभ्क संघर्षका विभिन्न चरण पार गर्दै अगाडि बढे। उनी अमेरिका आएर नेपाली अमेरिकी भएपछि यहीको मूलधारको राजनीति गर्नुपर्छ भन्ने मान्यताको वीउ रोप्ने अगुवामध्येमा पर्छन्। उनले त्यही बीउ उमारेर सबैले देख्ने गरी सम्भावनाको विरूवा हुर्काइरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com