न्युयोर्कको उडसाइडमा ७ जना नेपाली पुरुषको समुहबाट एक नेपाली महिलामाथि कुटपिट (भिडियो)


प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार

न्युयोर्कको उडसाइडमा ७ जना नेपाली पुरुषको समुहबाट आफूमाथि कुटपिट भएको एक नेपाली महिलाले दावी गरेकी छिन् । गतसाता आफूमाथि राती १ बजेर २० मिनेटमा न्युयोर्क क्वीन्समा ७० स्ट्रीट रुजभेल्ट एभिन्युमा कुटपिट भएको प्रकृति कशांकारले बताइन् ।

आफू सडक छेउमा उभिएको बेला तीनजना नेपाली पुरुषहरुको समुह आएर आफूलाई अपमान जनक शब्दहरु प्रयोग गरेको उनले खसोखासलाई बताइन् । त्यसपछि नजिकै रहेका ४ जना नेपाली भाषी भुटानिज पुरुषहरुले अपमानजनक शब्द प्रयोग गर्ने ३ नेपाली पुरुषहरुलाई सम्झाउन जाँदा उनीहरुबीच विवाद भएको थियो ।

विवादपछि तीनजना नेपालीहरु र ४ जना नेपालीभाषी भुटानिजको समुहबीच हात हालाहाल भएको थियो । केहीबेर हात हालाहालपछि ४ जना नेपाली भाषी भुटानिजको समुह घटनास्थलबाट बाहिर गएको थियो भने तीनजना नेपाली पुरुषको समुहले अरु ४ जना नेपाली पुरुषहरुलाई घटना स्थालमा बोलाएका थिए । त्यसपछि उनीहरुले आफूमाथि कुटपिट गरेको नेपाली महिला कशांकारले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खसोखासलाई प्राप्त भिडियोमा पनि ४ जना नेपाली भाषी भुटानिजहरु सडक छेउमा उभिएर चुरोट तान्दै गरेको देखिन्छ । त्यसपछि नेपाली महिला र तीनजना नेपाली पुरुषबीच भनाभन भएको जस्तो देखिने स्थानमा ४ जना भुटाजिन पुरुषहरु गएर हस्तक्षेप गरेको देखिन्छ । त्यसपछि उनीहरुबीच हानाहान भएको देखिएको छ । केहीबेर पछि ४ जनाको समुह घटनास्थलबाट बाहिरिएको भिडियोमा देख्न सकिन्छ ।

सुरुमा तीनजना नेपाली र ४ जना नेपाली भाषी भुटानीबीच हात हालाहाल भएको देखिन्छ ।

खसोखासलाई प्राप्त अर्को भिडियोमा घटनास्थलमा रहेका तीनजना नेपालीहरुले अरु ४ जना नेपाली पुरुषहरुलाई बोलाएर महिलामाथि सडकमा आक्रमण गरेको देखिन्छ । महिलामाथि आक्रमणका क्रममा रोक्नका लागि अरु व्यक्ति पनि सहभागी भएको भिडियोमा देखिएको छ ।

आक्रमणबाट आफ्नो शरीरका विभिन्न भागमा चोटपटक लागेको नेपाली महिलाले जानकारी दिएकी छिन् । अनुहार, खुट्टा र हातमा चोटपटक लागेको उनले बताइन् । खसोखासलाई प्राप्त तस्वीरहरुमा उनका हातखु्ट्टा सुन्निएको देखिन्छ भने ओंठमा घाउ लागेको छ ।

त्यसपछि ७ जना नेपाली पुरुषको समुहमाथि महिलामाथि आक्रमण भएको देखिन्छ ।

घटनाको २ दिनपछि प्रहरीलाई खबर गरेको र प्रहरीले आक्रमणमा संलग्न एक नेपाली पुरुषलाई उडसाइडकै एउटा नेपाली रेष्टुरेण्टमा खाना खाइरहेको बेला पक्राउ गरेको पीडित महिलाले खसोखासलाई बताइन् । आक्रमणमा संलग्न अरु नेपालीहरु न्युयोर्कबाहिरका रहेको र उनीहरु न्युयोर्क छाडेर गइसकेको पीडित महिलाको भनाई छ ।

न्युयोर्क प्रहरीले घटना भएकै दिन आफूहरुलाई घटनास्थलबाट कुनै खबर नआएको र त्यसदिनको घटनाको रिपोर्ट आफूहरुको फाइलमा नरहेको खसोखासलाई बताएको छ । घटनाको दुईदिनपछि प्रहरीलाई खबर गरेपछि पक्राउ परेका भनिएका नेपालीका बारेमा पनि कुनै मुद्दा चलाइने नचलाइनेबारे प्रहरीले केही बताएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com