अमेरिकाको प्रतिनिधिसभा सभामुखमा रिपब्लिकन सांसद म्याकार्थी ११ औं पटक पनि पराजित
प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार
WASHINGTON, DC – JANUARY 04: House Republican leader Kevin McCarthy (R-CA) reacts during a vote to adjourn following a day of votes for the new Speaker of the House at the U.S. Capitol on January 04, 2023 in Washington, DC. The House of Representatives is attempting to elect the next Speaker after House after McCarthy failed to earn more than 218 votes on six ballots over two days, the first time in 100 years that the Speaker was not elected on the first ballot. Win McNamee/Getty Images/AFP (Photo by WIN MCNAMEE / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
अमेरिकामा रिपब्लिकन सांसदहरुले उनकै पार्टीका केभिन म्याकार्थीलाई प्रतिनिधि सभाको सभामुख बन्नबाट रोक्न अपमानजनक मतहरूको श्रृंखला तेश्रो दिनपनि जारी राखेका छन् । म्याकार्थी ११ औं चरणको मतदानमा पनि सभामुख बन्न असफल भएका छन् ।
५७ बर्षीय म्याकार्थीलाई तल्लो सदनमा सभामुख बन्न २१८ मत चाहिन्छ । अहिले रिपब्लिकन बहुमत रहेको प्रतिनिधिसभामा रिपब्लिकन २२२ र डेमोक्र्याट्स २१२ सांसदहरु रहेका छन् ।

१६४ वर्षमा पहिलो पटक अमेरिकी प्रतिनिधिसभा यति धेरै राउण्ड मतदानबाट पनि सभामुख चयन गर्न असफल भएको हो । यस अगाडि सन् १९२३ मा नयाँ संसदको शुरुवातमा प्रतिनिधिसभा पहिलो चरणको मतदानमा सभामुख छान्न असफल भएपछि ९ राउन्ड मतदान भएको थियो। सन् १८५९ मा सभामुख छान्न ४४ राउण्ड मतदान भएको थियो । सभामुख छान्ने प्रकृयामा १८५५ मा दुई महिनामा १३३ राउन्ड मतदान भएको थियो।
रिपब्लिकनहरुले प्रतिनिधिसभामा आफ्नो नयाँ नियन्त्रणको उत्सव मनाउनुको सट्टा पार्टीले बरु आन्तरिक विभाजनलाई अझ गहिरो बनाउन सक्ने गरी सभामुख चयनको लडाईको सामना गरेको छ भने म्याकार्थीको राजनीतिक क्यारियरमा पनि प्रश्नचिन्ह खडा गरेको छ ।

उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै उच्च प्रोफाइल सहयोगीहरू सहित पार्टी विद्रोहीहरूलाई पङ्क्तिमा ल्याउन असफल भएका छन् ।
उसको प्रदर्शन यति कमजोर छ कि उनले संसदमा नियन्त्रण नरहेको डेमोक्र्याटिक अल्पसंख्यक नेता हाकिम जेफ्रीसको तुलनामा कम मत ल्याइरहेका छन् । यद्यपि रिपब्लिकनले नै अन्ततः आफ्नो पार्टीकै सभामुख बनाउनेमा भने कुनै शंका छैन।






