अमेजनले किन हटाउँदै छ १८ हजारबढी कर्मचारी ?


प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार

अमेरिकाको प्राविधिक उद्योगमा मानिसहरूलाई जागिरबाट निकाल्ने प्रक्रिया रोकिएको देखिँदैन। ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौं कर्मचारीलाई हटाउने घोषणा गरेको छ ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना कर्मचारीहरूलाई लेखेको नोटमा यो जानकारी दिएका छन् । उनले आउँदो जनवरी १८ बाट प्रभावित कर्मचारीको जानकारी लिन थाल्ने लेखेका छन् ।

यी कर्मचारीको संख्या १८ हजारभन्दा बढी रहेको बताइएको छ जुन कम्पनीको कुल तीन लाख कर्मचारीको ६ प्रतिशत हो ।

अमेजनले नोभेम्बरमा लागत घटाउनका लागि आफ्ना केही कर्मचारीहरूलाई निकाल्ने जानकारी दिएको थियो। एन्डी जस्सीले भनेका छन्, “हामी यस कदमबाट प्रभावित भएकाहरूलाई मद्दत गर्ने प्रयास गरिरहेका छौं। हामीले हाम्रा कर्मचारीहरूलाई आर्थिक सहायता र संक्रमणकालीन स्वास्थ्य बीमाका साथै अन्य कम्पनीहरूमा काम खोज्नका लागि सहयोग समावेश गर्ने प्याकेज प्रस्ताव गरिरहेका छौं।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यससँगै उनले अमेजनले यसअघि पनि अर्थतन्त्रको खराब समयलाई पार गर्न सफल भएको र भविष्यमा पनि निरन्तरता दिने लेखेका छन् ।

विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनीको व्यापार विश्वका धेरै देशहरूमा फैलिएको छ। अमेजनको अमेरिका देखि भारत र युरोप सम्म सबै देशहरुमा कार्यालय र कर्मचारीहरु छन्।

तर कम्पनीले अहिलेसम्म कुन कुन देशमा आफ्ना कर्मचारीहरूलाई यो कदमले असर पार्छ भन्ने कुरा बताएको छैन। यद्यपी कम्पनीले युरोपमा रहेका कर्मचारीहरुको प्रतिनिधित्व गर्ने संस्थाहरुसँग आवश्यकता अनुसार कुरा गर्ने बताएको छ ।

यससँगै कम्पनीले धेरैजसो जागिरहरू अमेजन स्टोर अपरेसन र यसका मानिसहरू, अनुभव र प्रविधि टोलीबाट जाने बताएको छ। दुई महिना अघि, अमेजनले आफ्नो व्यापार गतिविधिहरूको वार्षिक समीक्षामा लागत घटाउने उपायहरू खोज्ने प्रयास गर्ने बताएको थियो।

अमेजनले आफ्ना मानिसहरूलाई काम दिने प्रक्रिया अस्थायी रूपमा रोकेको छ। यससँगै, अमेजनले महामारीको समयमा आवश्यकताभन्दा बढी मानिसहरूलाई रोजगारी दिएको चेतावनी दिँदै आफ्नो गोदाम विस्तार गर्ने योजना बन्द गरेको छ।

अमेजनले यसअघि आफ्ना केही व्यवसायिक एकाइहरू बन्द गरिसकेको छ, जसमा पर्सनल डेलिभरी रोबोटजस्ता परियोजनाहरू पनि समावेश छन्। बदलिँदो आर्थिक अवस्थालाई ध्यानमा राख्दै यसअघि ट्वीटर, फेसबुकलगायत अमेरिकी प्रविधि जगतका धेरै कम्पनीले आफ्ना कर्मचारीलाई बर्खास्त गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com