म्याकार्थी छैठौं चरणको मतदानमा पनि सभामुख बन्न असफल


प्रकाशित मिति : पुस २०, २०७९ बुधबार

अमेरिकामा रिपब्लिकन सांसदहरुले उनकै पार्टीका केभिन म्याकार्थीलाई प्रतिनिधि सभाको सभामुख बन्नबाट रोक्न अपमानजनक मतहरूको श्रृंखला जारी राखेका छन् । म्याकार्थी छैठौं चरणको मतदानमा पनि सभामुख बन्न असफल भएका छन् ।

५७ बर्षीय म्याकार्थीलाई तल्लो सदनमा सभामुख बन्न २१८ मत चाहिन्छ । अहिले रिपब्लिकन बहुमत रहेको प्रतिनिधिसभामा रिपब्लिकन २२२ र डेमोक्र्याट्स २१२ सांसदहरु रहेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१०० वर्षमा पहिलो पटक अमेरिकी प्रतिनिधिसभा पहिलो मतपत्रबाट सभामुख चयन गर्न असफल भएको हो । यस अगाडि सन् १९२३ मा नयाँ संसदको शुरुवातमा प्रतिनिधिसभा पहिलो चरणको मतदानमा सभामुख छान्न असफल भएपछि एक भन्दा बढी राउन्ड मतदान भएको थियो। सभामुख छान्ने प्रकृयामा १८५५ मा दुई महिनामा १३३ राउन्ड मतदान भएको थियो।

रिपब्लिकनहरुले प्रतिनिधिसभामा आफ्नो नयाँ नियन्त्रणको उत्सव मनाउनुको सट्टा पार्टीले बरु आन्तरिक विभाजनलाई अझ गहिरो बनाउन सक्ने गरी सभामुख चयनको लडाईको सामना गरेको छ भने म्याकार्थीको राजनीतिक क्यारियरमा पनि प्रश्नचिन्ह खडा गरेको छ ।

उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै उच्च प्रोफाइल सहयोगीहरू सहित पार्टी विद्रोहीहरूलाई पङ्क्तिमा ल्याउन असफल भएका छन् ।

उसको प्रदर्शन यति कमजोर छ कि उनले संसदमा नियन्त्रण नरहेको डेमोक्र्याटिक अल्पसंख्यक नेता हाकिम जेफ्रीसको तुलनामा कम मत ल्याएका छन् । यद्यपि रिपब्लिकनले नै अन्ततः आफ्नो पार्टीकै सभामुख बनाउनेमा भने कुनै शंका छैन।

रिपब्लिकनहरू बीच रातभर सहमति कायम गर्नका लागि मंगलबारको संसदको प्रकृया बुधबारसम्मका लागि स्थगित गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com