अमेरिकामा शवका अंग बेचेर ग्राहकलाई नक्कली खरानी दिनेलाई २० बर्ष जेल सजाय


प्रकाशित मिति : पुस २०, २०७९ बुधबार

pink and white flowers

अमेरिकाको कोलोराडोमा शरीरका अंगहरू बेचेर ग्राहकलाई नक्कली खरानी दिने फ्युनेरल होमका पूर्व मालिकलाई २० बर्षको जेल सजाय सुनाइएको छ । उनलाई अवैध रूपमा शरीरका अंगहरू बेचेको र ग्राहकहरूलाई नक्कली खरानी दिएको आरोपमा संघीय अदालतका न्यायाधीशले मंगलबार २० वर्षको जेल सजाय सुनाएका हुन् ।

मेगन हेसले नोभेम्बरमा एक याचिका सम्झौता अन्तर्गत दोष स्वीकार गरेपछि अधिकतम सजाय पाएकी हुन् । जसमा उनी विरुद्धका अन्य आरोपहरू भने हटाइएको थियो ।

दर्जनौं पटक हेस र उनकी आमा शर्ली कोचले परिवारको जानकारी बिना अनुसन्धानको लागि शरीर वा शरीरका अंगहरू तेस्रो पक्षलाई हस्तान्तरण गरेका अधिकारीहरूले बताएका छन् ।

न्यायाधीश क्रिस्टिन अर्गुएलोले मंगलबार शर्ली कोचलाई पनि १५ वर्षको जेल सजाय सुनाएका छन् । पीडितहरूले योजना अन्तर्गत उनीहरूले भोगेको पीडाको बारेमा गवाही दिएपछि अर्गुएलोले आमाछोरीलाई सजाय दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

woman in gold dress holding sword figurine

४८ वर्षीय हेस र ६९ वर्षीय कोचले पश्चिमी शहर मोन्ट्रोजमा सनसेट मेसा फ्युनरल होम सञ्चालन गरेका थिए। उनीहरूलाई २०२० मा गिरफ्तार गरिएको थियो र छवटा ठगी र खतरनाक सामग्रीको अवैध ढुवानीको तीन गणनाको आरोप लगाइएको थियो।

सन् २०१० देखि २०१८ सम्म हेस र कोचले एकहजार डलरमा शवलाई दाहसंस्कार गर्ने र परिवारहरूलाई अवशेषहरू प्रदान गर्ने अफर ल्याएका थिए । तर धेरै दाहसंस्कारहरू कहिल्यै भएनन्। बरु शवका अंगहरु अनुसन्धानका लागि बेचियो ।

हेसले २००९ मा सनसेट मेसा फ्युनरल फाउन्डेशन नामक एउटा गैर नाफामुखी संस्था बनाएकी थिइन् । दर्जनौं पटक हेस र कोचले परिवारको जानकारी बिना अनुसन्धानको लागि शरीर वा शरीरका अंगहरू तेस्रो पक्षहरूलाई हस्तान्तरण गरेका थिए । स्थानान्तरणहरू सनसेट मेसा फ्युनरल फाउन्डेसन र डोनर सेवाहरू मार्फत गरिएको थियो र परिवारहरूलाई नक्कली खरानी दिइएकोयो जुन उनीहरूका प्रियजनहरूको थिएन।

हेस र कोचले एचआईभी र हेपाटाइटिस बी र सी लगायतका संक्रामक रोगहरूका कारण मृत्यु भएका शव र शरीरका अंगहरू पनि खरिद गर्ने व्यक्तिलाई रोगमुक्त भएको भन्दै बेचेका थिए । हेसका वकिल एश्ले पेट्रेका अनुशार हेस चिकित्सा अनुसन्धानलाई अगाडि बढाउने इच्छाबाट प्रेरित थिइन् । सरकारी वकिल टिम नेफले उक्त तर्कको खिल्ली उडाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com