फिलिपिन्समा कोभिड-१९ बाट शनिबार मात्रै २६ जनाको मृत्यु
प्रकाशित मिति : पुस १७, २०७९ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2023/01/covid.jpg?fit=1024%2C576&ssl=1)
फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।
सो विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट पाँच सय ९१ जना सङ्क्रमित भएका पनि बताइएको छ । यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ ।
यहाँ अहिले सक्रिय सङ्क्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार यहाँ कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।