न्युयोर्कमा गाडीलाई बीएमडब्लुले ठक्करदिएपछि क्षति हेर्न निस्किएका थापाको यसरी भयो मृत्यु


प्रकाशित मिति : पुस १६, २०७९ शनिबार

न्युयोर्क सिटीमा भएको दुर्घटनामा नेपाली उबर चालक ३२ बर्षका मनोज थापाको मृत्युबारे न्युयोर्क  प्रहरीले खसोखासलाई थप जानकारी दिएको छ । न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुशार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको हो ।

प्रहरी प्रवक्ताका अनुशार शनिबार विहान लगभग १२ बजेर ५८ मिनेटमा प्रहरीले घटनाबारे ९११ मा फोनमार्फत जानकारी प्राप्त भएको थियो । प्रहरीको ७२ प्रिसिन्क्टको सिमाना भित्र ५५ स्ट्रीटको वरपरको गोवानस एक्सप्रेसवेको वेस्टबाउन्ड लेनमा गाडीको ठक्करबाट मृत्यु भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा प्रहरी अधिकारीहरु पुग्दा ३२ वर्षीय पुरुष बेहोस र अनुत्तरदायी अवस्थामा सडकमा फेला परेका थिए । शरीरमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ ।

आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । र ३२ बर्षका थापालाई घटनास्थलमा नै मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान पनि सार्वजनिक गरेको छ ।

प्रहरी अनुसन्धान अनुशार रातो निसान सेन्ट्रा गाडी एक्सप्रेसवेको दाहिने लेनमा रोकिएको थियो । जब थापाले चलाएको टोयोटा क्यामरी गाडी अगाडि जान जान असफल भएको थियो, त्यतीबेला निसान गाडीको पछाडि थापाले आफ्नो गाडी रोकेका थिए ।

त्यहीबेला एक टोयोटा भेन्जा गाडी दुई रोकिएका गाडीहरूबाट बच्न प्रयास गर्दै अगाडि बढ्न खोज्दा थापाको टोयोटा क्याम्रीको पछाडिको भागमा थोरै छोएको थियो । त्यसपछि थापा गाडीबाट बाहिर निस्किएर आफ्नो गाडीमा भएको क्षतिको मूल्याङ्कन गर्दै थिए ।

त्यही बेला २४ वर्षीय पुरुषद्वारा चलाईएको ब्ल्याक बीएमडब्लु गाडीले ३२ वर्षीय थापालाई हानेको थियो । बीएमडब्लुले हान्दा थापा दुईवटा गाडीको बीचमा हुत्तिएको प्रहरीले जनाएको छ ।

घटनापछि थापालाई ठक्कर दिने २४ बर्षका गाडी चालक घटनास्थलमा नै रहेका थिए । उनलाई चालकलाई सामान्य चोटपटकको लागि घटनास्थलमा उपचार गरिएको थियो तर अस्पताल भने नलगिएको प्रहरीले जनाएको छ ।

अन्य दुई सवारी साधनका चालकहरूलाई लुथरन मेडिकल सेन्टरमा लगेर सामान्य चोटपटकको लागि उपचार गरिएको थियो । घटनामा कुनै अपराधको शंका नगरिएको र कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।

मृतक थापा क्वीन्स न्युयोर्कको १९१२ लिन्डेन स्ट्रीट अपार्टमेन्ट २ एलमा बस्दै आएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने थापा कास्की हेम्जाका रहेको उनका साथीले खसोखासलाई जानकारी दिए । घटनाबारे परिवारका सदस्यहरुलाई जानकारी गराइसकिएको छ ।

झण्डै ७ बर्षदेखि अमेरिकामा बस्दै आएका थापा अविवाहित हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com