क्याथोलिक क्रिस्चियनका सर्वोच्च धर्मगुरु पूर्व पोप बेनेडिक्ट १६ औं को ९५ वर्षको उमेरमा निधन


प्रकाशित मिति : पुस १६, २०७९ शनिबार

क्याथोलिक क्रिस्चियनहरूका सर्वोच्च धर्मगुरु पोप पोप बेनेडिक्ट १६ औं को भ्याटिकनस्थित आफ्नै घरमा निधन भएको छ। उहाँ ९५ वर्षको हुनुहुन्थ्यो ।

सन् २०१३ मा अस्वस्थताका कारण पोपको पद त्याग्नुभएका बेनेडिक्ट सोह्रले सन् २००५ को अप्रिलदेखि फेब्रुअरी २०१३ सम्म क्याथोलिक चर्चको पोपको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ १४१५ मा ग्रेगरी १२ औं पछि आफ्नो पदबाट राजीनामा गर्ने पहिलो पोप हुनुहुन्थ्यो ।

उहाँले आफ्नो जीवनको अन्तिम समय भ्याटिकनको प्रसिद्ध क्याथोलिक चर्चको परिसरमा रहेको मठमा बिताउनुभयो ।

उहाँको निधनपछि जारी गरिएको विज्ञप्तिमा भ्याटिकन चर्चले दुःखका साथ पोप माननीय बेनेडिक्ट १६ औं को आज बिहान ९ बजेर ३४ मिनेटमा भ्याटिकनस्थित एमई मठमा निधन भएको जानकारी गराएको छ ।

भ्याटिकन चर्चले सम्मान स्वरुप पोपको पार्थिव शरीरलाई जनवरी २ देखि सेन्ट पिटर्स बासिलिकामा राखिने र त्यहाँ मानिसहरूले उहाँलाई भेट्न सक्ने बताएको छ।

उहाँको अन्तिम संस्कार जनवरी ५ मा गरिने छ । पोप फ्रान्सिस यसमा संलग्न हुने जनाइएको छ ।

इङ्गल्याण्ड र वेल्सको क्याथोलिक चर्चका प्रमुख, कार्डिनल भिन्सेन्ट निकोल्सले पोप बेनेडिक्ट २० औं शताब्दीका महान् धर्मशास्त्रीहरूमध्ये एक भएको बताउनुभएको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्व पोपलाई महान धर्मशास्त्री भएको बताउनुभएको छ । उहाँले २०१० मा बेलायतको भ्रमण क्याथोलिक र गैर क्याथोलिक दुवैका लागि ऐतिहासिक क्षण रहेको स्मरण गर्नुभयो ।

राजा चार्ल्स तृतीयले पनि पोप बेनेडिक्टको मृत्युमा शोक व्यक्त गर्नुभएको छ । उहाँले सन् २००९ मा भ्याटिकनमा उहाँसँगको भेटको सम्झना गर्नुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पोप बेनेडिक्टले विश्वमा भाइचाराको प्रवद्र्धन गर्न आफ्नो सम्पूर्ण हृदय र दिमागले काम गरेको बताउनुभएको छ । उहाँले आफ्नो विचारलाई फ्रान्स र विश्वभरका क्याथोलिकहरूले अपनाएको बताउनुभयो ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले पनि उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उहाँको निधनप्रति दुःख व्यक्त गर्दै ट्वीट गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com