भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधनप्रति अमेरिकी राष्ट्रपति बाइडेनद्वारा शोक व्यक्त


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधनमा शोक व्यक्त गरेका छन् । जो बाइडेनले आफ्नो र आफ्नी श्रीमती जिल बाइडेनको तर्फबाट ट्विटरमा सन्देश जारी गरेका छन्।

उनले लेखेका छन्, ‘जिल र म प्रधानमन्त्री मोदीकी आमा हीराबेन मोदीको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। यस दुःखद घडीमा हाम्रो प्रार्थना प्रधानमन्त्री र उहाँको परिवारसँग छ।’

शुक्रबार चीनले पनि प्रधानमन्त्री मोदीकी आमाको निधनमा शोक सन्देश जारी गरेको थियो ।

भारतस्थित चिनियाँ दूतावासले आफ्नो ट्विटर ह्यान्डलमा लेखेको छ, “हामी प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा श्रीमती हीराबेन मोदीको निधनमा गहिरो समवेदना व्यक्त गर्दछौं। हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ। उहाँको आत्माले शान्ति पाओस्।”

प्रधानमन्त्री मोदीकी आमा हीराबेन मोदीको शुक्रबार बिहान १०० वर्षको उमेरमा अहमदाबादमा निधन भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com