क्रिस्टियानो रोनाल्डोले गरे साउदी अरेबियाको क्लबसँग ७५ मिलियन डलरको सम्झौता


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

म्यानचेस्टर युनाइटेडसँग अलग भएपछि क्रिस्टियानो रोनाल्डोले अन्य ठाउँमा मिठो सम्झौता पाएका छन्। पोर्चुगिज सुपरस्टारले साउदी अरेबियाको क्लब अल नासरसँग ७५ मिलियन डलरको सम्झौता गरेका छन् ।

क्लबले शुक्रबार सो घोषणा गरेको हो । यो सम्झौताले अर्को साढे २ सिजन समेट्छ भने रोनाल्डोले वार्षिक ७५ मिलियन डलर कमाउनेछन्।

दुई पक्षहरूले समरमा कुरा गरेपनि रोनाल्डो युरोपमा नै खेल्ने प्रयास गर्दै थिए । रोनाल्डोले २०३० को विश्वकप आयोजनाका लागि साउदीको बोलीमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अल नासर एशियाको सबैभन्दा सफल क्लब हो, जसले नौवटा लिग उपाधि जितेको छ।

रोनाल्डोको विस्फोटक टिभी अन्तर्वार्तामा टोलीको आलोचनापछि म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरिएको थियो । उनले आफूलाई धोखा महसुस भएको र वरिष्ठ अधिकारीहरूले उनलाई जबरजस्ती बाहिर निकाल्ने प्रयास गरेको दाबी गरे। उनले प्रशिक्षक एरिक टेन ह्यागको लागि कुनै सम्मान नभएको पनि बताएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com