सिड्नीमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने व्यक्ति २१ बर्षीय नेपाली विद्यार्थी


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

अष्ट्रेलियाको सिड्नीमा मोटरसाइकल दुर्घटनामा परेर २१ बर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ । पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार स्थानीय समय अनुशार बेलुका लगभग ८ बजेर १० मिनेटमा उक्त दुर्घटना भएको हो । बुमेराङ स्ट्रिट नजिकै सिटी वेस्ट लिंकको पश्चिम बाउन्ड लेनमा मोटरसाइकल मेटल स्पीड एडभाइजरी साइनसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार २१ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । मोटरसाइकलमा उनी एक्लै चढेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले घटनाको परिस्थितिबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ । घटनाको प्रतिवेदन तयार गरिने प्रहरीको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com