वरीयतामा असन्तुष्टि जनाउँदै मन्त्रालय गएनन् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

Nepal’s newly appointed prime minister Pushpa Kamal Dahal, left, looks on as his deputies, from right, Rabi Lamichhane, Narayan Kaji Shrestha and Bishnu Paudel are being sworn in during a ceremony at the President House during a ceremony in Kathmandu, Nepal, Monday, Dec. 26, 2022. Dahal has appointed three deputies and four other ministers in the Cabinet that is expected to be expanded in the next few days to accommodate more members from the seven parties in the new coalition government. (AP Photo/Niranjan Shrestha)

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । त्यसपछि भने उहाँ फर्किएर मन्त्रालय जानुभएको थियो । सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका उहाँ बिहीबार पनि जानुभएन ।

तर उहाँले पार्टीका नेताहरुसँग भने निवासमै भेटवार्ता गर्नुभएको छ । त्यसैले श्रेष्ठ मन्त्रालय नजानुको कारण वरीयताक्रममा असन्तुष्टि पनि भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।एक नेताका अनुसार उपप्रधानमन्त्रीहरुमा आफ्नो पहिलो वरीयता हुनुपर्ने श्रेष्ठको दाबी छ ।

हाल मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६७ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमाले उपाध्यक्ष पौडेल २०७८ मा केपी शर्मा ओली नेतृृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुभएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि श्रेष्ठ पार्टीको छैटौं र पौडेल नवौं वरीयतामा हुनुहुन्थ्यो । तर अहिले प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीमध्ये पौडेललाई पहिलो वरीयतामा राखिएपछि श्रेष्ठ असन्तुष्ट रहेको जनाइएको छ ।

श्रेष्ठले वरीयतामा असन्तुष्टि जनाउँदै सोमबार शपथ लिन नै आनाकानी गर्नुभएको थियो । श्रेष्ठको असन्तुष्टि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको छ । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राजनीतिक र राजकीय रुपमा पनि यो मिलेन भन्ने उहाँको कुरा जायज हो छ । अध्यक्षहरुबीच कुराकानी हुँदा पनि मिलाउँला भन्नुभएको छ ।’

अस्वस्थ भएकै कारण मन्त्रालय नगएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठको दावी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com