प्रचण्ड खुमलटारबाट बालुवाटार, देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीको भाडाको घरमा


प्रकाशित मिति : पुस १३, २०७९ बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका गर्नुभएको हो । उहाँले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरिएको थियो ।

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com