राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय, पृथ्वी जयन्तीमा बिदाको शर्त


प्रकाशित मिति : पुस १३, २०७९ बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा शर्त सहित सहभागी हुने निर्णय गरेको छ । न्युनतम साझा कार्यक्रममा न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा सहभागी हुने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले निर्णय गरेको हो ।

राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका शर्त सरकारसँग राख्ने निर्णय गरेको छ ।

यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

संघीय संसद्‍मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ। तर अहिलेसम्म सरकारमा सहभागी भइसकेको छैन । यद्यपि राप्रपाका ९०प्रसितशत भन्दा कार्यासमितिका नेताहरुले सरकारमा सहभागी हुने माग गरेपछि अध्यक्ष राजेन्द्र लिंगदेन पनि सहमत भएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com