कुकुरले गल्तीले हेयर ड्रायर अन गरेपछि बेलायतको घरमा आगलागी


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

क्रिसमसको पूर्वसन्ध्यामा एउटा कुकुरले गल्तीले हेयर ड्रायर अन गरेपछि बेलायतमा घरमा आगलागी भएको छ । धुवाँले भरिएको घरबारे एसेक्सको हक्लेमा टोली बोलाएपछि आफूहरु त्यहाँ गएको एसेक्स फायर सर्भिसले जनाएको छ ।

फायर फाइटरहरूले शयनकक्षमा आगो लागेको पत्ता लगाएपछि आगो निभाउन द्रुत रूपमा काम गरेका थिए । घरमालिक फर्कँदा कुकुर अगाडिको ढोकामा पर्खिरहेको थियो । आगलागी सुरुभएपछि कुकुर अगाडिपट्टीको ढोकामा आएर घर मालिकलाई कुरेकाले बच्न सफल भएको थियो ।

दुबैलाई धुवाँ निलेकोमा उपचार गरिएको थियो ।

घरको मालिक बाहिर रहेको अवस्थामा आगलागी सुरु भएको र घर धुवाँले भरिएको थाहा पाएपछि घरमा आएको जनाइएको छ । हेयर ड्रायर प्लगमा जोडिएको थियो र ओछ्यानमा छोडिएको थियो। कुकुरले ओछ्यानमा हाम फाल्दा हेयर ड्रायर अन भएको तथा त्यसले ओछ्यान र गद्दामा समातेको अनुमान गरिएको छ ।

एकचोटि हेयर ड्रायर, आइरन जस्ता कुनै पनि विद्युतीय उपकरणहरू प्रयोग गरिसकेपछि तिनीहरूलाई अनप्लग गर्न फायर सर्भिसले सुझाव दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com