खराब मौषमका कारण न्युयोर्कमा सयौ व्यक्ति कारमा फसे, उद्दारकार्य जारी


प्रकाशित मिति : पुस ९, २०७९ शनिबार

खराब मौषमका कारण बफेलो लगायतका क्षेत्रहरु समेटिएको न्युयोर्कको एरी काउन्टीमा केहीसय मानिसहरू अझै पनि आफ्नो कारमा फसिरहेको अधिकारीहरुले बताएका छन् । हिजो राती र आज बिहान आफ्ना कारहरूमा फसेका एरी काउन्टीका बासिन्दाहरूलाई उद्धार गर्न उद्दारकर्मीहरुले प्रयास गरिरहेका छन् ।

कडा बतास र ब्लीस्टरिंग हिमपातले काउन्टीलाई असर गरेको एरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जले बताएका छन् । आफूहरुले देखेका संख्याहरूको आधारमा यो सायद केही सयको वरपर रहेको उनको भनाई छ । त्यहाँ ५ सय वा त्योभन्दा बढी व्यक्ति फसेका थिए ।

काउन्टीको सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा सवारी साधनहरूको दुई तिहाइ सम्म अड्किएका थिए । बासिन्दाहरूलाई उनीहरूको जीवन खतरामा नभएसम्म ९११ मा फोन गर्न निरुत्साहित गरिएको छ ।

काउन्टीले बासिन्दाहरूलाई सडकमा सवारी चलाउनबाट रोक्न चुनौतीहरूको सामना गरिरहेको छ । प्रतिबन्ध लगाइएको भए पनि बासिन्दाहरुले सडकमा गाडी चलाउन नरोकेको जनाइएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

एरी काउन्टीका उद्दारकर्मीहरुले व्यक्तिहरूलाई वार्मिङ सेन्टरहरूमा पुर्‍याउन सक्षम भएका छन् । ट्रान्जिट पुलिस, बफेलो एयरपोर्ट फायर र एयरफिल्ड टोलीहरूले फसेका गाडीसवारहरुलाई उद्धार गरेका छन् र लगभग ६० जनालाई आश्रय दिएका छन्।

एरी काउन्टीमा आपतकालिन कर्मचारीहरू चिकित्सा आपतकालिन समयमा घरमा पुग्न नसक्दा कम्तिमा दुई व्यक्तिको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com