अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने बिल दुबै सदनबाट पारित


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

black iphone 4 on black textile

अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने प्रावधान दुबै सदनबाट पारित भएको छ । १ दशमलव ७ ट्रिलियनको संघीय खर्च विधेयकमा सरकारी उपकरणमा टिकटकको प्रतिबन्ध पनि समेटिएको छ ।

कानुनले संघीय सरकारका उपकरणहरूबाट चिनियाँ स्वामित्वको भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउनेछ । चीनको राष्ट्रिय सुरक्षा कानूनले टिकटक वा त्यसको मुल कम्पनी बाइटडान्सलाई अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा हस्तान्तरण गर्न बाध्य पार्नसक्नेबारे केही सांसदहरूले द्विपक्षीय चिन्ताहरू उठाएका थिए ।

white concrete building under cloudy sky during daytime

हालै रिपब्लिकन गभर्नरहरूको नेतृत्वमा रहेका राज्यहरूले सरकारी स्वामित्वमा रहेका उपकरणहरूमा टिकटकको प्रयोगमा राज्य स्तरमा प्रतिबन्धहरू लगाएलगत्तै अब संघीय स्तरमा पनि प्रतिबन्ध लाग्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटले बिललाई प्रतिनिधिसभामा पठाउन ६८ मतले पारित गरेको थियो । २९ जनाले बिलका विपक्षमा मतदान गरेका थिए । प्रतिनिधिसभामा पनि बिलका पक्षमा २२५ र विपक्षमा २०१ मत खसेको थियो ।

अमेरिकामा एक दर्जन भन्दा बढी राज्यहरूले सरकारले जारी गरेका यन्त्रहरूमा टिकटकलाई प्रतिबन्ध लगाएका छन् ।

यसैबीच  टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले आन्तरिक अनुसन्धानमा चीनमा रहेका कर्मचारीहरूले दुई अमेरिकी रिपोर्टर सहित अमेरिकी टिकटक प्रयोगकर्ताहरूको डाटामा अनुपयुक्त रूपमा प्राप्त गरेको स्वीकार गरेको छ । बाइटडान्स टोलीका केही कर्मचारीहरूले पत्रकारहरूको आन्तरिक कुराकानी र व्यापार कागजातहरूको शंकास्पद लीकको स्रोतहरू फेला पार्ने प्रयास गरेका थिए ।

यसो गर्दा कर्मचारीहरूले आईपी ठेगानाहरू र दुई रिपोर्टरहरूको अन्य डाटा र उनीहरूको टिकटक खाताहरू मार्फत रिपोर्टरहरूसँग जोडिएका थोरै संख्यामा अन्य व्यक्तिका विवरणमा पहुँच प्राप्त गरेका थिए । तिनीहरूले ती व्यक्तिहरू बाइटडान्स कर्मचारीहरूको निकट भए नभएको निर्धारण गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । ती प्रयासहरू कुनै चुहावट फेला पार्न असफल भएको कम्पनीको भनाई छ ।

फोर्ब्समा एक लेख प्रकाशित भएपछि अनुसन्धान सुरु गरिएको थियो । र अनुसन्धानले त्यो रिपोर्टको अंश पुष्टि गरेको छ । साथै अमेरिकी सांसदहरू, राज्यका गभर्नरहरू, ट्रम्प र बिडेन प्रशासनले दुई वर्ष भन्दा बढी समयदेखि उठाएका टिकटकसँग सम्बन्धित गोपनीयता र सुरक्षा जोखिमहरूलाई समेत प्रकाश पारेको छ । कम्पनीले बाइटडान्स र चिनियाँ सरकारद्वारा अमेरिकी प्रयोगकर्ताका डाटामा कुनै पनि सम्भावित पहुँचलाई रोक्ने सुरक्षा र गोपनीयता उपायहरूमा प्रशासनसँग लामो समयसम्म वार्ता गरिरहेको बेला यो समाचार आएको हो ।

बाइटडान्सका सामान्य सल्लाहकार एरिक एन्डरसनले बिहीबार कर्मचारीहरूलाई इमेलमा बाहिरी कानुनी फर्मद्वारा गरिएको अनुसन्धानको निष्कर्षहरू खुलासा गरेका थिए । पत्रकार र अन्य अमेरिकी प्रयोगकर्ताको डाटामा पहुच कायम गर्ने योजनामा ​​संलग्न सबै चार कर्मचारीलाई बर्खास्त गरिएको कम्पनीले जनाएको छ । तीमध्ये दुई जना चीनमा र दुई जना संयुक्त राज्यमा काम गरिरहेका थिए।

बाइटडान्सले आफ्नो आन्तरिक लेखा परीक्षण र जोखिम टोलीलाई पुनर्संरचना गरेको जनाएको छ । साथै त्यो विभागबाट अमेरिकी डाटामा कुनै पनि पहुँच हटाएको जनाएको छ ।

लक्षित रिपोर्टरहरूमा बजफिडका लागि लेखेकी र अहिले फोर्ब्समा कार्यरत एमिली बेकर ह्वाइट र फाइनान्सियल टाइम्सकी क्रिस्टिना क्रिडल रहेका छन् । बाइटडान्सले अन्य प्रभावित टिकटक प्रयोगकर्ताहरू पहिचान सार्वजनिक गर्न अस्वीकार गरेको छ ।

फोर्ब्सले रिपोर्ट गरे अनुशार अन्य थप दुई रिपोर्टरहरूलाई पनि लक्षित गरिएको थियो। उनीहरु बजफिडका पूर्व रिपोर्टरहरू पनि थिए । अनुसन्धानले ती थप रिपोर्टरहरू प्रभावित भएको निष्कर्षमा नपुगको बाइटडान्सले बताएको छ । आरोपहरू जाँच गर्न कच्चा डाटा पुन परीक्षण गर्ने बाइटडान्सले बताएको छ ।

एन्डरसन र बाइटडान्सका प्रमुख कार्यकारी रुबो लियाङले कर्मचारीहरूलाई छुट्टाछुट्टै इमेलहरूमा अनुसन्धानको निष्कर्षहरू खुलासा गरेका थिए । यस्तो अवस्थाको बारेमा सूचित गर्दा आफू गहिरो निराश भएको र अरु कर्मचारीले पनि त्यस्तै महसुस गर्ने लियांगले लेखेका थिए ।

आफूहरुले ठूला प्रयासहरू गरेर निर्माण गरेको जनताको विश्वास केही व्यक्तिहरूको दुर्व्यवहारले महत्त्वपूर्ण रूपमा कमजोर हुन गइरहेको उनले इमेलमा लेखेका थिए । टिकटकका प्रमुख कार्यकारीले पनि अनुसन्धानको बारेमा आफ्ना कर्मचारीहरूलाई एउटा इमेल पठाएका थिए, जसमा उनले निराशा व्यक्त गर्दै र अमेरिकी डाटा सुरक्षित गर्न कम्पनीको प्रतिबद्धतामा जोड दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com