अमेरिकामा १२ लाख घरमा विद्युत आपूर्तिमा अवरोध


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

खराब मौषमका कारण अमेरिकाभर शुक्रबार विहानसम्म झण्डै १२ लाख ग्राहकहरुका घरमा विद्युत आपूर्तिमा अवरोध आएको छ । विद्युत् अवरुद्ध दिनभर जारी रहने अनुमान गरिएको छ ।

साउथइस्टमा ३ लाख ११ हजार, न्यु इंग्ल्याण्डमा ३ लाख ४ हजार, मिड एटलान्टिकमा २ लाख ४० हजार, साउथमा १ लाख ९६ हजार, ग्रेट लेकमा ८० हजार, प्यासेफिकमा ३० हजार, मिडवेष्टमा १३ हजार घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको हो ।

अमेरिकामा झण्डै २ सय मिलियन जनसंख्या शीतआँधी र कडा चिसो मौषमको मारमा परेको छ । एक प्रमुख आँधीले देशका धेरै भागहरूमा फैलिएको छ भने चिसो तापक्रम मेक्सिको सीमासम्म पुगेको छ । खराब मौषमका कारण अमेरिकाभर शुक्रबार ३३ सयभन्दा धेरै उडानहरु रद्द भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com