चीनमा फेरि बढ्दै कोरोना संक्रमण, ६० प्रतिशत जनसंख्या प्रभावित हुन सक्ने आशंका


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

कोभिडले चीनमा फेरि एकपटक कहर मच्चाएको छ । कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।

गत साता करिब १० लाख नयाँ कोभिडका केसहरू देखिएका थिए र अब आउने दिनमा कोरोना संक्रमण चरम सीमामा पुग्न सक्ने दाबी पनि गरिएको छ ।

चीनका स्वास्थ्य अधिकारीहरूले आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने बताएका छन् । धेरै विज्ञहरूले कोरोनाको यो लहरबाट चीनको करिब ६० प्रतिशत जनसंख्या प्रभावित हुन सक्ने आशंका पनि व्यक्त गरिरहेका छन् ।

अमेरिकी सञ्चारमाध्यम एनपीआरमा प्रकाशित एक रिपोर्टका अनुसार यसको मतलब आगामी ९० दिनमा पृथ्वीको १० प्रतिशत जनसंख्या कोरोनाबाट संक्रमित हुनसक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com