आईपीएल : सनराइजर्स हैदरावादले मयंक अग्रवाललाई ८. २५ करोड भारुमा किन्यो


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

आईपीएल २०२३ को खेलाडी लिलामीमा मयंक अग्रवाललाई सनराइजर्स हैदरावादले ८.२५ करोड भारुमा किनेको थियो ।

मयंक अग्रवालको प्रारम्भिक आधार मूल्य १ करोड भारु राखिएको थियो तर धेरै टोलीले उनलाई लिन चाहेका थिए ।

चेन्नई सुपर किंग्सले पनि मयङ्कलाई आफ्नो टिममा समावेश गर्न बोलाएको थियो ।

यसअघि सन राइजर्स हैदरावादले इङ्ल्यान्डका ह्यारी ब्रुकका लागि १३.२५ करोडको बोली लगाएर उनलाई आफ्नो लागि आरक्षित गरेको थियो। दायाँ हाते ब्याट्सम्यान मयंक अग्रवालले चार फरक टिमबाट खेलिसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com