युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई ह्वाइट हाउसमा स्वागत, जेलेन्स्कीले बाइडेनलाई दिए हिरो अवार्ड


प्रकाशित मिति : पुस ६, २०७९ बुधबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । युद्ध सुरु भएपछि आफ्नो पहिलो विदेश यात्रामा जेलेन्स्कीले बाइडेनसँग पत्रकार सम्मेलन गर्ने र साँझ साढे ७ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई बुधबार द्विपक्षीय बैठकको लागि ह्वाइट हाउसमा स्वागत गरेका थिए । स्वागत गर्दै बाइडेनले युक्रेनको आफ्नो रक्षा गर्ने क्षमतालाई सुदृढ गर्न अमेरिकाले सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।

जेलेन्स्कीले बाइडेन र अमेरिकी कांग्रेसलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिएका छन् । साथै अमेरिकी जनताको पनि प्रशंसा गरेका छन् ।
त्यसपछि जेलेन्स्कीले बाइडेनलाई नायकको पुरस्कार प्रदान गरेका छन् ।

अपरान्ह साढे ४ बजे बाइडेनले जेलेन्स्कीसँग संयुक्त प्रेस सम्मेलनको आयोजना गर्दैछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

white concrete building under clear blue sky

बेलुका ६ बजेर १५ मिनेटमा जेलेन्स्की क्यापिटल हिलमा आइपुग्नेछन् । त्यसपछि बेलुका साढे ७ बजे जेलेन्स्कीले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जेलेन्स्की अहिले अमेरिकी सैन्य विमानमा अमेरिका आउदैछन् । फेब्रुअरीको अन्त्यमा रुसले आफ्नो देशमा आक्रमण गरेपछि जेलेन्स्कीको यो पहिलो विदेश भ्रमण हो।

जेलेन्स्कीले वाशिंगटनको अप्रत्याशित यात्रा गरेपछि कीभका बासिन्दाहरू आशावादी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com