विश्वकप जितेको खुशियालीमा आज अर्जेन्टिनामा सार्वजनिक बिदा


प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार

विश्वकप जितेको खुशियालीमा आज अर्जेन्टिना सरकारले सार्वजनिक बिदा दिएको छ । देशले फुटबलको विश्वकप जितेको राष्ट्रिय टोलीको लागि आफ्नो खुशी व्यक्त गर्नका लागि सार्वजनिक विदा दिइएको हो ।

कतारमा आइतबार भएको रोमाञ्चक फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको इतिहासमा तेस्रोपटक उपाधि जितेको हो । देशले अन्तिम पटक सन् १९८६ मा प्रतियोगिता जितेको थियो।

टोली मंगलबार बिहान सबेरै अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा आइपुगेको थियो । खेलाडीहरू आफ्नो फुटबल संघको मुख्यालयसम्म खुला टप बसमा यात्रा गर्दा सडकमा लाइनमा लागेका हजारौं प्रशंसकहरूले स्वागत गरेका थिए ।

मुख्य उत्सव स्थानीय समय अनुसार दिउँसो राजधानीको ओबिलिस्क स्मारकमा गरिएको छ । फाइनलमा दुई पटक गोल गर्ने टोलीका कप्तान लियोनल मेस्सीले फ्यानसँग खुसी मनाउन आफू प्रतीक्षा गर्न नसक्ने बताएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com