विश्वकप जितेको खुशियालीमा आज अर्जेन्टिनामा सार्वजनिक बिदा


प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार

विश्वकप जितेको खुशियालीमा आज अर्जेन्टिना सरकारले सार्वजनिक बिदा दिएको छ । देशले फुटबलको विश्वकप जितेको राष्ट्रिय टोलीको लागि आफ्नो खुशी व्यक्त गर्नका लागि सार्वजनिक विदा दिइएको हो ।

कतारमा आइतबार भएको रोमाञ्चक फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको इतिहासमा तेस्रोपटक उपाधि जितेको हो । देशले अन्तिम पटक सन् १९८६ मा प्रतियोगिता जितेको थियो।

टोली मंगलबार बिहान सबेरै अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा आइपुगेको थियो । खेलाडीहरू आफ्नो फुटबल संघको मुख्यालयसम्म खुला टप बसमा यात्रा गर्दा सडकमा लाइनमा लागेका हजारौं प्रशंसकहरूले स्वागत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुख्य उत्सव स्थानीय समय अनुसार दिउँसो राजधानीको ओबिलिस्क स्मारकमा गरिएको छ । फाइनलमा दुई पटक गोल गर्ने टोलीका कप्तान लियोनल मेस्सीले फ्यानसँग खुसी मनाउन आफू प्रतीक्षा गर्न नसक्ने बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com