उत्तरी क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प, ७२ हजार घर विद्युतविहिन, १२ बढी पराकम्प


प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार

मङ्गलबार बिहान उत्तरी क्यालिफोर्नियाको हम्बोल्ट काउन्टीमा ६.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । जसका कारण दशौँ हजार ग्राहकहरू विद्युतविहीन भएका छन्।

फर्न्डेलबाट करिब १२ माईल पश्चिममा स्थानीय समय अनुसार बिहान २:३४ बजे भूकम्प गएपछि क्षति वा चोटपटकको विवरण थाहा हुन सकेको छैन। बिहान ५ बजेसम्म हम्बोल्ट काउन्टीका करिब ७२ हजार ग्राहकहरू विद्युतविहिन भएका छन् । यो त्यहाँका कुल ग्राहकहरूको लगभग ७२ प्रतिशत हो । ओशनसाइड काउन्टी सान फ्रान्सिस्कोको उत्तरमा २ सय माइल टाढा छ।

हम्बोल्ट काउन्टी प्रहरी कार्यालयले सोशल मिडियामा हम्बोल्ट काउन्टीभरि सडक र घरहरूमा व्यापक क्षति भएको रिपोर्ट गरिएको बताएको छ । बासिन्दाहरूलाई क्षति वा चुहावटको लागि ग्यास र पानीको लाइनहरू जाँच गर्न भनेको छ । यसले मानिसहरूलाई तत्काल आपतकालीन अनुभव गरेको अवस्थामा बाहेक ९११ मा कल नगर्न आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहान ४ बजेसम्म दुई दर्जनभन्दा बढी परकम्प गएका थिए, जसमा कम्तीमा पनि ३ वा सोभन्दा बढी म्याग्निच्युडका पाँचवटा परकम्प गएका थिए।

क्षतिग्रस्त सडकहरू मध्ये एउटा फर्नब्रिज नजिक थियो । यो एक ऐतिहासिक पुल हो जुन इल नदीमाथिको एक मात्र क्रसिङ हो। पुल मंगलबार बिहानै बन्द गरिएको थियो ।

सोही क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको ठीक एक वर्षपछि मंगलबारको भूकम्प आएको हो । त्यो भूकम्पले गाबषएको डिसेम्बर २० मा हम्बोल्ट काउन्टीको केप मेन्डोसिनोको ठीक छेउमा प्रहार गरेको थियो। यस क्षेत्रका भवनहरूमा सामान्य क्षति गरेको थियो ।

भूकम्पसँग सम्बन्धित सुनामीको खतरा नभएको नेशनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशनले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com