कर्णालीमा राजीव विक्रम शाहका लोकप्रिय कदम र उनलाई मुख्यमन्त्रीका रुपमा चाहने युवापुस्ता


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

नेपाली कांग्रेस प्रत्यक्ष र समानुपातिक गरेर १४ सिट ल्याउदै कर्णाली प्रदेशसभामा पहिलो दल बनेको छ। पहिलो दल बनेको कारण सरकारको नेतृत्व स्वभाविक रुपमा कांग्रेसले पाउनुपर्छ। कर्णाली प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने दौड सुरु भएको छ। देशभरी मतदाताले दिएको सन्देश नेतृत्व परिवर्तनको पक्षमा रहेको निर्वाचनले स्पष्ट सन्देश दिइसकेको छ।

नेपाली कांग्रेस भित्र जसरी संघमा शेर बहादुर देउवाको बिकल्प खोजि भइरहेको छ त्यसैगरी कर्णालीमा पनि बहालवाला मुख्यमन्त्री जीवन बहादुर शाहीको बिकल्प खोजि भैरहेको थियो। यहि वीचमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य राजीव विक्रम शाहले कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेसँगै युवाहरू उत्साहित भएका छन् ।

जाजरकोटको प्रदेश ख बाट फराकिलो मतान्तर सहित शाह बिजय भएका छन् । शाह १६ हजार ४० मतसहित शाह प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

समाजसेवी नेताको छवि बनाएका शाह कर्णाली प्रदेशमा लोकप्रिय नेता हुन् । उनलाई युवाहरूले संसदीय दलको नेता बनाउन दबाब बढाएका छन् । पार्टी शिर्ष नेतृत्वलाई टेलिफोन म्यासेज गरेर यसपटक कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउन आग्रह गरिरहेका छन् । शाह इमानदार,लोकतान्त्रिक,सदाचारयुक्त र दृढ संकल्प बोकेको नेता राजिव बिक्रम शाह भएको कारण उनलाई यसपटक मौका दिनुपर्नेमा कर्णालीका युवाहरू एकमत भएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सामाजिक संजालमा कर्णालीका युवाहरूले “पार्टीको गुट/नेताको डर र सिमित स्वार्थको घेरा भत्काएर शाहलाई संसदीय दलको नेतामा सर्वस्वीकार्य बनाउन सबै जुटौं । जय नेपाल´´ भन्दै अभियान चलाएका छन् ।

राजिव शाहका कदम जसले उनलाई लोकप्रिय बनायो ।

१. ६६/६७ सालको झाडापखाला

जाजरकोटमा २०६६ सालमा झाडा पखालाले ठूलो महामारीको रुप लियो । हजारौं मान्छे झाडापखालाले सिकिस्त भए भने दुई सय भन्दा बढीको मृत्यु भयो । संकटको घडीमा शाहले बाटोको पहुँच नभएको कारण आफैं हेलिकप्टर मार्फत स्वार्थ कर्मी र औषधि लिएर सेवा गरेका थिए । त्यसबेला शाहले गरेको सेवाले एउटा आशाको रूपमा स्थापित गर्यो ।

२. अस्पताल निर्माणको शुरुआत

जाजरकोटका गाउँ बस्तीहरुमा स्वास्थ सेवाको अभावमा सामान्य उपचार गर्न सुर्खेत/नेपालगन्ज जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने संकल्प सहित राजीव विक्रम शाहले व्यक्तिगत लगानीमा जाजरकोटको दुर्गम गाउँमा २५ शैय्याको अस्पताल निर्माण थाल्नु भएको छ । कुमारी ट्रस्ट मार्फत ५ करोड रुपियाको लगानीमा छेडागाड नगरपालिका—५ थल बजारमा अस्पताल निर्माण थाल्नु भएको हो । राज्यले नसकेको ठाउँमा जनताको सेवाको लागी अस्पताल निर्माणकार्य सुरुवात गर्ने कुराले राजिव जनताका आधारभुत समस्या हल गर्न चाहान्छन् भन्ने सन्देश सबैतिर छ ।शाहको विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा पनि चलिरहेको छ ।

३. दुर्घटनामा राहत

छिन्चु-जाजरकोट – डोल्पा सडक खण्डमा भएका ठुला यातायात दुर्घटनामा राजिव शाहले राहत तथा उद्वार गर्दै आएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारलाई राहत उपलब्ध गराउदै आएका शाहले उपचार तथा टुहुरा बालबालिकालाई पढाइदिने काम पनि गरेका छन् । भर्खरै मात्र जाजरकोटको छेडागाड जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा शाह कै अनुरोधमा माइती नेपालले लिने भएको छ ।

४. आवास निर्माणमा सहयोग

कर्णालीका विभिन्न गाउँ बस्तीहरुको भ्रमण गर्दा छाना चुहिने देखि जिर्ण अबस्थामा रहेका जनताका घरहरू मर्मतका लागी शाहले खर्च सहयोग गर्ने देखि सबै गाउँका मानिसहरूलाई पुनर्निर्माणका लागी आआफ्नो तवरले सहयोग गर्ने वातावरण निर्माण गर्दै आएका छन् ।

५.कोभिडमा मलम

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पताल र जिल्ला अस्पतालहरूका लागि एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर महामारीको संकट बाट गुज्रिएको कर्णालीलाई मलम लगाउने काम गरेका थिए । प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटर लगाएतका ८० लाख बराबरको स्वास्थ्य सामग्री साथै कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

६. तिब्र र दिगो बिकासको पैरवी

राजिव बिक्रम शाहले तीब्र र दिगो बिकासको पैरवी गर्दै आएका छन् । पुर्वाधार निर्माणमा भएको ढिलासुस्तीले जनतालाई कष्ट पर्ने भन्दै राज्य मातहतका निकायलाई ध्यानाकर्षण गराउने देखि समयमा काम सम्पन्न गराउन आफै अग्रसर हुने बानीका कारण राजिव जनता माझ लोकप्रिय छन् । शाहले ठेकेदारले लापरवाही गरेर छाडेपछि १२ वर्ष सम्म अलपत्र परेको जाजरकोट डोल्पाको लाइफ लाइनका रुपमा रहेको राकमको पुल २०७० सालमा सांसद भएपछि ठेकेदारलाई बोलाएर त्यहा देखिएका समस्याका विषयमा समन्वय गरेर ९ महिना भित्र सम्पन्न गराएका थिए ।

७. पार्टीका सर्वमान्य , बाहिर साझा नेता

नेपाली काङ्ग्रेस भित्र ध्रुवीकरण तिब्र भैरहेको बेला राजिव शाह सन्तुलन मिलाउन सक्ने नेतामा पर्छन् । ऊनी गुटको आधार राजनीति नगर्ने नेताको रूपमा काङ्ग्रेस वृत्तमा चिनिन्छन् । नेपाली काङ्ग्रेसलाई बिभाजन होईन एकताबद्ध पार्ने अभियानमा लागेका कारण पनि पार्टी भित्र लोकप्रिय नेता छवि बनाउन सफल छन् । ऊनी जसरी पार्टी भित्र साझा नेता छन् , बाहिर पनि सबैको प्रिय छन् । कर्णाली प्रदेशमा विपक्ष दलहरूले समेत रुचाउने पात्रमा पर्छन् शाह ।

राजीवले सांसद हुँदा आफ्नो पारिश्रमिक समेत जाजरकोटका दुःखी, गरीव र पीडितहरुका लागि सहयोग गर्दै आएका छन् , ऊनी छोटो समयमा जनतासँग धेरै भिजेका छन् । शाह दलको नेता निर्वाचित भए भने कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने अवस्थामा उनी स्वत: मुख्यमन्त्रीको बन्नेछन् ।

संसदीय दलको नेतामा रहेका जीवन बहादुर शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । उनको १६ महिने कार्यकालमा जनतालाई आश जगाउने खालको कुनै कामकारबाही भएका छन् । उल्टै श्रीमतीलाई प्रदेश लोकसेवा आयोग सदस्य नियुक्त गरेकोले विवादमा आए । झण्डै ४ अर्व बढी घोटाला भएको वाडबडि बिमान खरिद प्रक्रियामा उनी पनि मुछिएका थिए ।

जीवन बहादुर शाही र राजिव बिक्रम शाह दुबै संस्थापन पक्षका नेता हुन् । खासगरी कर्णाली प्रदेश सरकार निर्माणमा नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहादुर खड्काको महत्त्वपूर्ण भुमिका हुन्छ । दुबै नेता खड्का नजिक छन् । नेपाली राजनीतिमा खड्का सन्त नेता कृष्ण प्रसाद भट्टराईका अनुयायी/उत्तराधिकारी कै रूपमा चिनिन्छन् ।

कयौं पटक मन्त्री/सांसद भएर आजसम्म कतै विवादमा नमुछिएका खड्काले शाहलाई अगाडि बढाउँछन् कि विवादास्पद छवि भएका र सरकारले नेतृत्व गरेर आशा सिर्जना गर्न असफल जीवन बहादुरलाई अगाडि सार्छन् हेर्न बाकी छ । कर्णालीमा परिवर्तनको पक्षमा उभिने कुराले खड्काको केन्द्रिय राजनीतिमा उदयको जग बसाल्ने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com