नियमित समयमा फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएपछि अतिरिक्त समय थप


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

नियमित समयमा फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएपछि अतिरिक्त समय थप भएको छ ।

पहिलो हाफको अन्तिमतिर फ्रान्सका केलियन एमबाप्पले एकपछि अर्को २ गोल गर्दै अर्जेन्टिनासँगको खेल बराबरीमा ल्याएका हुन् । अब उनले कुल गोल संख्यामा मेस्सीलाई उछिनेका छन् । मेस्सीले कुल ६ गोल गरेकोमा एमबाप्पलेले ७ गोल गरेका छन् ।

 

पहिलो गोल पेनाल्टीमार्फत गरेका एमबाप्पेले लगत्तै दोश्रो गोल गरेका थिए । अहिलेसम्म विश्वकपको एउटै सिजनमा सबैभन्दा धेरै गोल भने ब्राजिलका रोनाल्डोले गरेका थिए । उनले ८ गोल गरेका थिए । ८० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पले ८१ औं मिनेटमा दोश्रो गोल गरेका थिए ।

आजको खेलको पहिलो हाफको २१ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको लगत्तै ३५ औं मिनेटमा अर्जेन्टिनाका एन्जेल डि मारियाले दोश्रो गोल गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com