हजारौं नेपालीका लाखौं डलरका हराएका चेकहरु न्युयोर्क राज्य कोषमा, यसरी गर्नुहोस् दावी


प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार

fan of 100 U.S. dollar banknotes

न्युयोर्क राज्यमा साढे १७ बिलियन डलरभन्दा बढी हराएको धन रहेको छ। प्रत्येक दिन न्युयोर्क राज्यले दावी फाइल गर्नेहरूलाई औषतमा डेढ मिलियन डलर फिर्ता गर्दै आएको छ ।

न्युयोर्कका कैयन नेपालीका नेल्स, रेष्टुरेण्ट, संघ संस्था र संगठनहरुले पनि रकम दावी गर्न छुटाएको देखिएको छ । प्रणालीमा चेक गर्दा हजारौं नेपालीहरुको लाखौं डलर दावी गर्न बाँकी रहेको देखिएको छ ।

हराएको वा दाबी नगरिएको पैसा राज्य नियन्त्रकको न्यूयोर्क राज्य कार्यालयमा निष्क्रिय खाताहरू रिपोर्ट गर्न आवश्यक संस्थाहरूद्वारा फिर्ता हुन्छ । यो रकममा बिर्सिएको बचत खाता, हराएको पेचेक र स्टक वा बन्ड जस्ता चीजहरू समावेश छन्।

100 US dollar banknote

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईको पनि कुनै चेक हराएको थियो वा कुनै रकम दावी गर्न छुटाउनुभएको थियो भने चेक गरेर उक्त रकम लिन सक्नुहुनेछ । न्युयोर्कको राज्य कम्पट्रोलरको वेबसाइटमा गएर तपाईको रकम भए नभएको चेक गर्न सकिनेछ ।

त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।

त्यहाँ तपाईले आफ्नो नाम, थर हालेर विवरण हेर्न सक्नुहुनेछ । यदि तपाईको नाम त्यहाँ देखिएका खण्डमा तपाईले उक्त रकम दावी गर्न सक्नुहुनेछ ।

यदि तपाईंले आफ्नो नाममा एक वा बढी रकम फेला पार्नुभयो भने तपाईलाई बधाई छ । तपाइँ यसलाई अनलाइन दावी गर्न सक्षम हुन सक्नुहुन्छ । जसको मतलब तपाइँले केही हप्ता भित्र उक्त चेक प्राप्त गर्न सक्नुहुनेछ। केही खाताहरूमा तपाइले थप कागजात पेश गर्नुपर्ने हुनसक्छ । कागजात हुलाक र अनलाइनबाट पेश गर्न सकिन्छ । तपाईं कोषको सही मालिक भएको प्रमाणित गर्न तपाईंबाट थप कागजातहरू आवश्यक हुनसक्छ ।

आफ्नो दाबी पेश गर्न तपाईंले चरणवद्ध निर्देशनहरू पालना गर्नु महत्त्वपूर्ण छ। तपाईंले दावी फाइल गरेपछि, तपाईंले राज्य कम्पट्रोलरको वेबसाइटको न्यूयोर्क राज्य कार्यालयमा यसको अपडेट जाँच गर्न सक्नुहुन्छ।

तपाईले व्यक्तिको मात्र होइन, आफ्नो व्यवसायको पनि दावी नगरिएको रकम हेर्न र दावी गर्न सक्नुहुनेछ । यो रकम दावी गर्दा तपाईलाई कुनै नोक्सान हुँदैन । यो रकम तपाईले पाउनुपर्ने तर कुनै कारणवश तपाईको खातासम्म नआइपुगेको रकम हो ।

थप जानकारी न्युयोर्क सरकारको वेवसाइटमा पनि हेर्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com