बच्चालाई शान्त पार्न डिभाइस दिँदा भावनात्मक नियमनमा बाधा पुग्नसक्ने अध्ययनको निष्कर्ष


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

boy wearing gray vest and pink dress shirt holding book

तपाईलाई ढिलो भएको छ । बेलुकाको खाना चुलोमा छ । तपाईंको फोन बजिरहेको छ । यहीबेला तपाईंको बच्चाको रिस सुरु हुन्छ। थोरै स्क्रिन समयले तिनीहरूलाई शान्त पार्न सधैं काम गर्छ।

त्यसैले तपाईले उपायका रुपमा उनीहरूलाई स्मार्टफोन हस्तान्तरण गर्ने वा टिभी खोलिदिने गर्नुहुन्छ । तर डिजिटल यन्त्रहरूसँग सम्बन्धले भावनात्मक प्रतिक्रियामा थप समस्याहरू निम्त्याउन सक्ने अध्ययनले देखाएको छ ।

शोधकर्ताहरुले ४२२ आमाबाबु र हेरचाहकर्ताका प्रतिक्रियाहरू हेरेका थिए । उनीहरूले बच्चा भुलाउनका लागि उपकरणहरू प्रयोग गर्ने सम्भावना र ६ महिनाको अवधिमा उनीहरूको ३ देखि ५ वर्षको बच्चाको व्यवहारबारे थाहा पाउन यो अध्ययन गरिएको थियो ।

closed eye boy laying on brown maple leaves

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बच्चाहरुलाई नखराबाट शान्त पार्न बारम्बार डिजिटल यन्त्रहरू दिंदा बच्चाहरूमा थप भावनात्मक अव्यवस्था उत्पनन भएको थियो । खासगरी
पहिले नै भावनात्मक नियमनसँग संघर्ष गरिरहेका बालकहरुमा यो समस्या बढी देखिएको थियो ।

जब उनीहरु चिच्याइरहेका हुन्छन् वा कुनै कुराको बारेमा रोइरहेका हुन्छन् वा निराश भएर हिर्काउँदै वा लात हाने गर्छन् वा भुइँमा लडीबडी गर्छन् तब ‘ जब तपाईंको ३ देखि ५ वर्षीय बच्चा एक कठिन भावनात्मक क्षणमा हुन्छ । यदि तपाईले उनीहरूलाई उपकरण प्रयोग गरेर उनीहरूलाई शान्त गराउदा उनीहरूलाई दीर्घकालीन रूपमा मद्दत नगर्ने अध्ययनको निष्कर्ष छ ।

उपकरण दिएर शान्त पार्नुको साटो भावनाहरूलाई कसरी पहिचान गर्ने र प्रतिक्रिया दिने भनेर सिकाउने अवसरको रूपमा बच्चाको नखरा र भावनात्मक अनियमिततालाई लिन सुझाव दिइएको छ । उनीहरूको निराशा, रिस वा उदासीको अभिव्यक्तिलाई सजाय दिनुको सट्टा उनीहरूका लागि आरामदायी ठाउँ स्थापना गर्नु राम्रो विचार हुन सक्छ । जस्तै उनीहरुलाई बिनब्याग, कम्बल वा टेन्ट दिन सकिन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com