लन्डनमा १५ वर्षदेखि व्यक्तिगत खर्चमा पृथ्वी जयन्ती मनाउँदै भरत क्षेत्री


प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार

लण्डनका भरत क्षेत्रीले यस वर्ष पनि पृथ्वी नारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्ने भएका छन् ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले आगामी पुष २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्ने भएका हुन् ।

हिमालयन क्लव रेष्टुरेन्ट सड्बरीमा साढे १२ बजे हुने कार्यक्रममा कार्यक्रममा सहभागिताका लागि उनले सबैमा निमन्त्रणा गरेका छन् ।

संस्थाले यस वर्षपनि पृथ्वी पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष क्षेत्रीले एकजना कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र बुद्धिजिवी साथै पृथ्वी नारायण शाहका बारेमा गहिरो दख्खल राख्ने व्यक्तिलाई एक लाख रुपैयाँको पुरस्कार दिइने जनाए ।

पृथ्वी नारायण शाहको जन्मस्थान गोरखा पोखरीथोक बजारमै कार्यक्रम गरेर उक्त पुरस्कार दिइने भएको छ । यो पुरस्कार राशी पनि उनी आफैंले प्रवन्ध गरेका हुन् । गत वर्ष नेपालका राजनीतिक विश्लेषक सुरेन्द्र केसीलाई एक लाख रुपैंयाको पहिलो पुरस्कार दिइएको थियो ।

क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लैले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् । राजनीतिक संक्रमणका बेला पनि क्षेत्रीले आफ्नो एकल प्रयासमा बेलायतका वुद्धिजिवी तथा दूतावासका प्रतिनिधि निम्त्याएर पृथ्वी जयन्ती गर्न छुटाएका छैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com