ब्रजिलका पूर्व राष्ट्रपति लुला दोषी ठहर


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

ब्रजिलका पूर्व प्रशिद्ध राष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भाले घुसको रुपमा समुद्र तटमा दश लाख डलरभन्दा बढी मूल्य पर्ने एक अपार्टमेन्ट लिएको अभियोगमा दोषी ठहर गरेको छ।

लुलाको दलका एक नेता कार्लोस जराटीनीले अदालतको निर्णय राजनीतिक प्रकृतिको भएको र न्यायाधीशको निर्णय एक व्यापारीको बयानमा आधारित रहेकोले यो निर्णय लुलालाई सन् २०१८को राष्ट्रपतीय चुनावमा भाग लिन नदिने हिसाबले गरिएको ठहर रहेको बताएका छन् ।

अदालतको यस्तो फैसला लुलाका लागि आगामी निर्वाचनका लागी ठूलो धक्काको रुपमा हेरिएको छ।

उनका वकिलले कैद सजायविरुद्ध पुनरावेदन गरिने बताएका छन् तथापी उनको मुद्दामाथि छलफल अघि बढाउन दिने वा नदिने भन्नेबारे शुक्रबार संसदीय समितिमा मतदान हुने कार्यक्रम छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com