पत्रकार र सुरक्षा विषयमा काठमाडौंमा फोटो प्रदर्शनी सुरु भएको छ ,


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

 

फोटो जर्नालिस्ट क्लवको आयोजना तथा इन्टरनेशनल मिडियाको सपोर्टमा सुरु भएको प्रदर्शनीमा फोटो पत्रकारहरुले खिचेका विभिन्न फोटोहरुको प्रदर्शन गरिएको छ ।

 

 

प्रदर्शनीको सभामुख अोनसरी घर्ती मगरले फोटो खिच्न लागेका फोटो पत्रकारहरूको फोटो खिचेर उद्घाटन गरेकी हुन् ।

फोटो प्रदर्शनीको उद्घाटनका क्रममा सभामुख घर्ती मगरले लडाकुहरूलार्इ हतियारको माया जति हुन्छ त्यो भन्दा बढी फोटो पत्रकारहरूलार्इ क्यामेराको माया हुने बताइन ।

उनले संसदमा समेत फोटो पत्रकारका समस्याहरूलार्इ स्थान दिन प्रतिबद्दता व्यक्त गरेकी छन् ।

बबरमहलको अार्टकाउन्सिलमा शनिबारसम्म चल्ले प्रदर्शनीमा ४५ वटा फोटोहरू राखिएको छ । प्रदर्शनीमा राखिएका फोटोहरू फोटो पत्रकारहरूका सुरक्षा सम्बन्धी रहेका छन् ।

प्रदर्शनीको अन्तिम दिन शनिबार फोटो पत्रकारहरूको सुरक्षा सम्बन्धी गाेष्ठी पनि अायोजना गरिएको छ । प्रदर्शन गरिएका तस्वीरहरूमा फोटो पत्रकारहरूका सुरक्षा चुनाैती देख्न सकिन्छ ।

 

हेरौं केही फोटोहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com