प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबैभन्दा धेरै अर्थात् ३४ हजार ३१२ मतको अन्तरले चुनाव जितेका छन् । उनले चितवन २ मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्यमन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरसहित पराजित गरे ।
यो क्षेत्रमा कुल ८४ हजार ३१५ मत खसेको थियो । त्यसमध्ये लामिछानेले ४९ हजार ३०० अर्थात् ५८ दशमलव ४७ प्रतिशत मत ल्याएर जिते । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १४ हजार ९८८ मत ल्याए ।
कम मतान्तरले चुनाव जित्नेमा भने पााचथरका बसन्तकुमार नेम्वाङ हुन् । यद्यपी निर्वाचन आयोगले पाँचथरको अन्तिम नतिजा घोषणा गरेको भने छैन । तर प्रत्यक्षतर्फको मतपेटिका गणना भइसक्दा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे ४७ मतले पराजित भएका छन् ।
प्रत्यक्षतर्फको पेटिका गणनाको अन्तिम परिणामअनुसार नेम्वाङले ३२ हजार ११० मत पाएका छन् भने आङ्देम्बेले ३२ हजार ६३ मत पाएका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।