अमेरिकामा द भ्वाइसको टप टेन पुगेकी परिजितालाई अगाडि बढाउन आजदेखि भोटिङ


प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा टपटेनमा पुगेकी नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोलालाई अगाडि बढाउन न्युयोर्क समय अनुशार आज सोमबार बेलुका ८ बजेदेखि भोलि मंगलबार विहान ७ बजेसम्म अनलाइनमार्फत भोट हाल्न सकिने भएको छ । गतसाता टप १३ बाट टप १० छनौट गरिएकोमा बास्तोलाले टपटेनमा स्थान सुरक्षित गर्न सफल भएकी हुन् ।

एप स्टोरबाट द भ्वाइस डाउनलोड गरेर वा सिधै वेवसाइटमा गएर भोट हाल्न सकिन्छ । सिधै वेवसाइटमा गएर भोट हाल्न यहाँ क्लीक गर्नुहोला । 

एप्पल डिभाइसमा एप्लीकेशन डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।

एन्ड्रोइड डिभाइसमा एप्लीकेशन डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिजितालाई टपटेनमा लैजानका लागि बिश्वभरि छरिएर रहेका नेपाली तथा अन्यले मत दिएका थिए । परिजिता जोन लिजेन्डको टोलीमा छिन् ।

परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मूलकी अमेरिकन हुन् । द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।

आमा बिरा तिवारी, बुबा पंकज बास्तोला र दिदी प्रियांकासहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी परिजिताले ४ वर्षको उमेरदेखि गीत गाउन शुरु गरेकी थिइन्। दुई दशकअघि नेपालको काठमाडौँबाट बास्तोला परिवार अमेरिका पुगेका थिए। परिजिताको जन्म अमेरिकामा नै भएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com