टेक्सासदेखि इलिनोयसम्मका ३ करोड बासिन्दा खराब मौषमको चपेटामा पर्दै


प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार

long exposure photography of hurricane

अमेरिकामा रकीहरूबाट सुरु हुने एक शक्तिशाली आँधीका कारण तूफानदेखि टोर्नाडोसम्मको गम्भीर मौसमी अवस्था आउने मौषमविदहरुले चेतावनी दिएका छन् । उत्तरपश्चिमी खाडीको तटबाट मिसिसिपी उपत्यकासम्म खराब मौषमको चेतावी दिइएको हो ।

मङ्गलबार मात्रै दक्षिण मध्य अमेरिकाका करिब ३ करोड मानिसहरू खराब मौषमको जोखिममा पर्ने चेतावनी दिइएको छ । मंगलबार आँधी आउने कुरामा आफूहरु पूर्ण विश्वस्त रहेको र मानिसहरूले यो चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने मौषमविदको भनाई छ ।

आँधीले मेक्सिकोको खाडीबाट कडा हावाको साथ धकेलिएको गर्मी र आर्द्रतासँग अन्तरक्रिया गर्नेछ। पहिलो आँधी उत्तरपूर्वी टेक्सास, उत्तरपश्चिमी लुजियाना र मध्य र पूर्वी अर्कान्सासका केही भागहरूबाट मंगलबार मध्यान्हदेखि आउने सम्भावना छ।

चिसो हावाको धक्का निरन्तर चलिरहँदा आँधी पूर्वतिर मिसिसिपीको पश्चिमी र मध्य भागहरूमा सर्नेछ । मङ्गलबार साँझको समयमा दक्षिणपूर्वी मिजौरी, दक्षिणी इलिनोय तथा केन्टकी र टेनेसीको पश्चिमी भागहरूहुँदै उत्तरतर्फ विस्तार हुनेछ।

मङ्गलबारको आँधीबाट सबैभन्दा व्यापक खतरा तीब्र हावाका कारण हुनेछ । जसले रूखहरू र बिजुली लाइनहरू ढाल्नका साथै संरचनाहरूमा क्षति पुर्‍याउन सक्नेछ । आँधी ८५ माइल प्रति घण्टा सम्म पुग्ने सम्भावना रहेको छ ।

आँधीबेहरीसँग मेघ गर्जनले टोर्नाडोको अवस्था आउनसक्छ । विन्ड शीयर भनेको वायुमण्डलमा जमिनबाट हजारौं फीट माथि हावामा हुने परिवर्तन हो र यसले आँधीलाई घुमाउन सक्छ। जब आँधीबेहरी घुम्छ, टोर्नाडोको जोखिम धेरै बढ्छ।

लुजियाना, अर्कान्सास र मिसिसिपीका केही भागहरूमा परिस्थितिहरूले आँधीलाई सजिलै घुमाउन सुरु गर्न सक्छ, जसले टोर्नाडोको खतरा निम्त्याउन सक्छ । शनिबार सेन्ट चार्ल्स पेरिस, लुजियानामा टोर्नाडो पुष्टि भएको थियो। जसले रूखहरू ढालेको थियो भने १ हजारभन्दा बढी ग्राहकहरूका घरमा विद्युत आपूर्तिमा अवरोध भयो । लुजियानाको पाराडिसमा शनिबार दिउँसो भवनहरूमा क्षति पुगको थियो ।

टोर्नाडोको जोखिम मंगलबार रातको समयमा विस्तार हुने भएकोले यसले थप खतरा निम्त्याउनेछ। मुसलधारे वर्षाले मोटर चालकहरूको लागि दृश्यता कम गर्ने मात्र होइन, सडकमा अतिरिक्त पानी र शहरी बाढी पनि निम्त्याउन सक्छ।

मङ्गलबार राती आँधीको जोखिममा प्रमुख मेट्रो क्षेत्रहरू ह्युस्टन, लुजियाना, लिटिल रक, अर्कान्सास, मेम्फिस, टेनेसी लगायतका क्षेत्र छन् । बुधबार पनि पूर्वतर्फ केही हदसम्म मेघगृर्जनसहित हुरीबतासको जोखिम जारी रहने छ । बुधबार न्यू ओलियन्स, एटलान्टा, न्यासभिल, बर्मिंघम, अलाबामा लगायतका क्षेत्रमा बाढी र आँधीको खतरा छ ।

एयरलाइन यात्रुहरूले मङ्गलबारदेखि बुधबारसम्म मध्यपश्चिम र उत्तरपूर्वमा गम्भीर आँधीबेहरी क्षेत्रको उत्तरमा यात्रामा थप ढिलाइको अपेक्षा गर्नुपर्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com