अमेरिकामा आन्तरिक उडानमा विमानस्थल जाँदा परिचयपत्र नभए, छुटे वा हराए के हुन्छ ?


प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार

अमेरिकामा आन्तरिक उडानका क्रममा विमानस्थलबाट यात्रा गर्दा तपाईले टीएसएको सुरक्षा जाँच पार गर्नुपर्नेहुन्छ । यो क्रममा तपाईलाई टीएसए अधिकारीहरुले परिचयपत्र माग्छन् ।

अमेरिकामा आन्तरिक उडानका लागि ड्राइभर लाइसेन्स, स्टेट आईडी लगायतका कुनै एक परियचपत्र आवश्यक हुन्छ । अतिरिक्त अमेरिकी पासपोर्ट, अमेरिकी पासपोर्ट कार्ड, ग्लोबल इन्ट्री, नेक्सस, सेन्ट्री, फास्ट लगायतका होमल्याण्ड सेक्युरिटीबाट जारी कार्डहरु, अमेरिकी रक्षामन्त्रालयबाट जारी आईडी, ग्रिनकार्ड, बोर्डर क्रसिंग कार्ड, अमेरिकी नागरिकलाई राज्यबाट जारी इन्ह्यान्स्ड ड्राइभर लाइसेन्स वा आईडी पनि परिचयपत्रका रुपमा स्वीकार गरिन्छ ।

त्यस्तै आदिवासी लगायतलाई जारी संघीय मान्यता प्राप्त फोटो आईडी, विदेशी सरकारबाट जारी पासपोर्ट, क्यानाडाली प्रान्तीय चालक लाइसेन्स वा इन्डियन एण्ड नर्दन अफेयर्स क्यानाडा कार्ड, यातायात कार्यकर्ता पहिचान प्रमाण पत्र पनि परिचयपत्रका रुपमा स्वीकार गरिन्छ । वर्क परमिट, यूएस मर्चेन्ट मेरिनर प्रमाण पत्र, भेटेरन हेल्थ आइडेन्टिफिकेशन कार्ड लगायतबाट पनि अमेरिकामा आन्तरिक उडानमार्फत यात्रा गर्न सकिन्छ ।

हतियार अनुमति परिचयपत्र वा अस्थायी चालक अनुमतिपत्रलाई स्वीकार गरिदैन । यदि तपाईंको ड्राइभर लाइसेन्स वा स्टेट आईडी सन् २०२० को मार्च १ वा त्यसपछि एक्सपायर भएको छ भने र नवीकरण गर्न पाउनुभएको छैन भने त्यस्तो आईडी पनि स्वीकार हुनेछ । तर एक्सपायर भएको एकबर्ष नाघेको हुनुहदैन । यो नियम कोरोना महामारीपछि लागु गरिएको हो । १८ बर्षभन्दा कमका व्यक्तिलाई अमेरिकाभित्र यात्रा गर्दा टीएसएले आईडी माग्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं कुनै परिचयपत्र बिना एयरपोर्टमा आइपुग्नु भयो वा हराउनुभयो वा घरमा छुटाउनुभयो भने पनि टीएसएले तपाईंलाई उडान गर्न अनुमति दिनसक्छ । तर टीएसए अधिकारीले तपाईंलाई पहिचान प्रमाणीकरण प्रक्रिया पूरा गर्न सोध्न सक्छन् जसमा तपाईंको नाम, हालको ठेगाना, र तपाईंको पहिचान पुष्टि गर्न अन्य व्यक्तिगत जानकारी जस्ता जानकारी सङ्कलन समावेश छ। यदि तपाईंको पहिचान पुष्टि भयो भने तपाईंलाई स्क्रिनिङ चेकपोइन्टमा प्रवेश गर्न अनुमति दिइनेछ।

यदि तपाइँको पहिचान पुष्टि गर्न नसकेमा तपाइँलाई सुरक्षा चेकपोइन्टमा प्रवेश गर्न अनुमति दिइने छैन। टीएसएएले तपाइँको उडान समय भन्दा कम्तिमा दुई घण्टा अगाडि आइपुग्न सुझाव दिने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com