विकाशको बेगलाई समात्न नसक्दाको परिणाम पुराना दलले भोग्दै, नसुध्रे सकिँदै जाने मेसो


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

– अनिल अधिकारी

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणामले देश फेरी त्यही संसदिय खेलमा फस्ने निश्चित जस्तै देखिन्छ । हाल सम्म प्राप्त नजिता अनुसार प्रत्यक्षमा नेपाली कांग्रेस अगाडि छ भने समानुपातिकमा नेकपा एमाले पार्टी अगाडि छ । कुनै पनि पार्टीले बहुमत या एक वा दुई दलको साथ लिएर सरकार बनाउने अवस्थानै देखिन्न् ।

शुरुवाती रुझान अनुसारनै चुनावी परिणामहरु प्राप्त भएका छन् । आवधिक निर्वाचनले दिने सन्देश हरेक पल्ट फरक हुन्छ । त्यही अनुसार यस पल्ट पनि यो निर्वाचनले लोकतन्त्र र यसको आधारसँगै मुलुकले बिकास बेग समात्नुपर्ने हो त्यसै अनुरुप नहिँड्दाको परिणाम पुराना भनिने दलहरुले भोगेका छन् ।

अघिल्ला चुनावहरुलाई आधार मान्ने हो भने यस पल्ट जनताले दलहरुलाई सबकको झापड मात्रै हानेका छन् । सबकको लातनै हानेका होईनन् । यो झापड केही बर्ष पहिले हानेको भए सायद दलहरु सुध्रिने अवस्था आईसक्थ्यो कि । तर जब जागे तब सबेरा भने जस्तै ढिलै भएपनि दलहरुले केही सबक भने पक्कै सिकेका छन्, सिक्ने छन्, नसिके सकिने छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच महिना अघिमात्रै शुरुवात भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सहित हाल सम्मको नजिता हेर्दा करिव २० सिट ल्याउने अनुमान गर्न सकिन्छ । यो भोट बिद्रोहको भोट हो । दलहरुमा हाम्ले जे गर्दा पनि हुन्छ जनताले सजाएँ दिँदैनन्, भन्ने दम्भ तोड्न सबक स्वरुप हालेको भोट हो । संगठन, बिचार, आस्था, देशको नीति, कार्यक्रम केही पनि नबनाएको पार्टीलाई २० सिट जिताएर पठाउनुलाई सामान्य बिद्रोह मान्न सकिन्न ।

यो सँगै राजनीति दलहरुले जसरी मिलिभगत राजनीति गरिरहेका थिए त्यसमा जनताको ठूलो बेरुची रह्यो भन्ने प्रष्ट संकेत पनि यस चुनावले दिएको छ । अर्को भाषामा भन्दा दलहरुको मिलिजुली खाने खेल जनताले ढिलो गरी बुझे । गठबन्धनका नाममा जसरी दलहरु बिचार, सिद्धान्त र नीतिलाई त्यागेर बाँडेर खाने राजनीति अंगाले त्यसलाई पनि जनताले अनुमोदन नगरेको प्रष्ट हो ।

अब हेरौं हाल सम्म प्राप्त नजितालाई हेर्दा र अबको राजनीति हेर्दा नाफा घाटा कसलाई के भो ।

यो चुनावले पहिलो घाटा नेपाली कांग्रेसलाई भएको छ । ७७ जिल्लामा बलियो संगठन र नीति र बिचारमा प्रष्ट हुँदा पनि मिलिभगतमा शैलीमा नेतृत्व जाँदा कार्यकर्ताको असन्तुष्टी प्रष्ट देखियो । कम्यूनिष्ट पार्टीहरुमा जस्तो हुईप नलाग्ने भएका कारणले पनि यस पल्ट कांग्रेस समर्थक मतदाताले स्वतन्त्र तथा त्यस नामसंग जोडिएका नेताहरुलाई भोट हाले । यसैगरी नेपाली कांग्रेसको ठूलो मतदाता समुह यस पल्ट चुनावमा सहभागी भएन् । कारण बहुरुपी चुनाव चिन्हमा सहभागि हुनुपर्ने बाध्यता । अर्को आस्था र आचरण बिर्सेर भोट हाल्नुपर्ने बाध्यता ।

नेपाली कांग्रेसलाई समानुपातिकमा पनि घाटा भयो, कारण थियो कसैको श्रीमतिलाई समानुपातिकको शिर्ष सुचिमा देख्नु । कार्यकर्ताले फलानाकी श्रीमतिलाई सासंद बनाउन हामीले किन कांग्रेसलाई भोट हाल्ने सम्म भने । प्रष्ट भन्दा पार्टी सभापति शेरबहादुर देउवा निकटका नेताहरुलाई समानुपातिक सुचिमा देख्नुले पनि मत घटेको हो भन्न सकिन्छ ।

यता नेकपा एमालेलाई भने जति घाटा हुनु पर्थ्यो त्यति भएन् । कारण नेकपा एमालेको बलियो संगठन र कम्यूनिष्ट पार्टीभित्रको आचरणका कारण । कम्यूनिष्ट पार्टीका कार्यकर्ता, कांग्रेसका जस्ता स्वतन्त्र हुन्न् । कम्यूनिष्ट पार्टीका कार्यकर्तालाई पार्टी नीति र आचरण भन्दा बाहिर जाँदा कारवाही हुन्छ । नत्र आफ्नै नेतृत्वको बलियो सरकार ढालेर, दुई दुई पल्ट संसद बिघटन गरेको गल्तीको सजाए कम भयो । बिकसित तथा ठूला देशहरुमा यस्ता गल्तीलाई सामान्य गल्ती मानिन्न् । अझै प्रष्ट भन्दा एमालेले सुध्रिने मौका पाएन् ।

यसको उदाहरण हो, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि दिएको संक्षिप्त प्रतिकृया । उनले भने, तपाईहरु बुद्धिजिवि, पत्रकार भन्नेहरुले गर्दा स्वतन्त्र तथा त्यस नामका पार्टीहरुले केही सिट बढी ल्याए । उनमा अझैपनि दम्भ बाकीनै रहेको देखिन्छ । अन्य दलका नेताहरुले प्रतिकृया दिईसकेको अवस्था छैन् । ओलीको यस भनाईलाई हेर्दा उनमा मैमत्तु बाकीनै छ कि सुध्रिन्छन्, यसै भन्न सकिन्न् ।

अब हेरौं माओवादी । माओवादी २०६४ पछि आफै सकिँदै, बिग्रिदै आएको पार्टी हो । सत्ताको दम्भ र नेतृत्वमा परिवार बाद हावी हुनुको प्रमुख कारण हो माओवादी खुम्चिनु । यदी प्राप्त जनमतलाई क्यास गर्न सकेको भए नेकपा एमाले भन्ने पार्टीको साइज आजको माओवादीमा आउने पक्का थियो । नेपालमा कम्यूनिष्टमा एक र प्रजातान्त्रिक पार्टीमा एक पार्टी हुनुपर्छ भन्नेमा जनता स्पष्ट संकेत छ । त्यो माओवादीले बुझेन् । अर्को प्रचण्डको अस्थिर स्वभाव पनि प्रमुख कारणमै पर्छ ।

उनमा धैर्यता नै छैन् । उनी भनेकै मितिमा परिर्वतन हुनुपर्छ भन्ने चाहन्छन् । त्यसका लागि सेनापति प्रकरण देखी नेकपा बनाउने अभियान सम्मका थुप्रै, प्रशस्तै उदाहरण छन् । अहिले प्राप्त जनमत माओवादीका लागि सुध्रिने, सप्रिने या सकिने आफैले रोज्ने जनमत हो ।

अब दुई पार्टी माधवकुमार नेपालको नेकपा एस र राप्रपाको थोरै कुरा । यस पल्ट गठबन्धनले सबै भन्दा धेरै फाइदा नेकपा एसलाई भयो । समानुपातिक तर्फ प्राप्त मत हेर्दा नेकपा एसका लागि पहिलो चुनावमा फाईदै फाईदा हो । अब पार्टी एकिकरण या अन्य भागवन्डामा यो पार्टीलाई फाइदै हुने देखिन्छ । हिजो मात्रै जन्मिएको पुरानो सिसीमा नयाँ पानी मात्रै भएकाले यो भन्दा बढ्ता बिश्लेषण नेकपा एसका लागि धेरै हुन्छ ।

अर्को तर्फ राजेन्द्र लिङदेनको राप्रपा । राप्रपाले अध्यक्ष लिङदेनकै कारणले यती सिट ल्याउन सफल भएको हो । अर्को तर्फ भ्रष्टाचारको बिषयमा अध्यक्षले भ्रष्टाचार गर्नु आमाको रगत पिउनु हो भन्दै जुन भाषण गरिरहेका थिए त्यसले पनि उनको छवि राम्रो बन्दै गएको थियो । समानुपातिक तर्फ र प्रत्यक्षमा निर्वाचित सदस्य संख्या हेर्दा यो पार्टीलाई फाइदै भयो भन्न सकिन्छ । राजा फर्काउने संकेत हो भनेर कसैले भन्यो भने त्यो गलत हुन्छ ।

यसरी हेर्दा अबको दुई बर्ष नेपालमा पहिले पहिले जस्तै दलहरुका बीचमा भागवण्डा, दलिय खिचातानीमै अल्झिने पक्का छ । प्राप्त बहुमतलाई हेर्दा खिचातानी वाला सरकारले दुई बर्षमा अर्को चुनावको मिति तोक्यो भने आश्चर्य मान्नुपर्ने छैन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com