स्पेनका प्रधानमन्त्रीको नेतृत्वमा रहेको सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा खगेन्द्र जीसी


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

स्पेनको म्याड्रिडमामा भएको तीन दिने महाधिवेशनमा सोसलिस्ट इन्टरनेशनलको अध्यक्षको जिम्मेबारी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पाएका छन् भने उपाध्यक्षमा अमेरिका निवासी नेपाली मूलका कानून व्यवसायी खगेन्द्र जीसी समेत चयन भएका छन् । जीसीले नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदबारी दिएका थिए ।

नेपाली काँग्रेसपनि सोसलिस्ट इन्टरनेशनलको सदस्य रहदै आएको छ । भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा समेत उल्लेख गरेको महाधिवेशनमा सहभागी बेदप्रसाद खरेलले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्नको सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर उम्मेदबारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिकक्षेत्रबाट ८ जनाको उम्मेदबारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्षहरु रहेका थिए ।

प्रत्येक क्षेत्रलाई समानुपातिक रूपमा उपाध्यक्षकाृ संख्यामा बाँडफाँड गर्न सबैभन्दा ठूलो औसत लार्जेस्ट एभरेज विधि प्रयोग गरिएको थियो । यो प्रणाली धेरै देशहरूमा संसदीय सीटहरू बाँडफाँड गर्न प्रयोग गरिन्छ।

५० वर्षीय पेड्रो सान्चेजले ग्रीसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका हुन् । अधिवेशनमा ११७ देशका ३५० जनाको सहभागिता थियो ।

सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित भएका हुन् । घानाकी बेनेडिक्टा लासी सोसलिष्ट इन्टरनेशनलको पहिलो महिला महासचिव बनिन् ।

पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गरेका थिए । र पछि सन् २०१७ मा उनी संयुक्त राष्ट्र महासचिव बने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com