गुल्मी १ मा रोचक चुनावी प्रतिस्पर्धा, प्रदीप ज्ञवालीभन्दा चन्द्र भण्डारी ७१ मतले अगाडि


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा अत्यन्तै रोचक बनेको छ । रातीसम्म नेकपा एमाले उम्मेदवार प्रदीप ज्ञवाली अग्रता कायम गरेकोमा विहानको पछिल्लो मतपरिणाममा चन्द्र भण्डारीले अग्रता कायम गरेका छन् ।

जारी मतगणनामा भण्डारीले २७ हजार १३३ मत पाउदा ज्ञवालीले २७ हजार ०६२ मत ल्याएका छन् । जम्मा ७१ मतको अन्तर रहेको छ ।

भण्डारी र ज्ञवाली  चौथो पटक आमने सामने भएका हुन् । यस अगाडि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ को प्रतिनिधिसभा चुनावमा प्रदीप ज्ञवालीले जितेका थिए भने दोश्रो संविधानसभाको चुनाव २०७० चन्द्र भण्डारीले जितेका थिए । पहिलो संविधानसभाको चुनाव २०६४ भने प्रदीप ज्ञवालीले जितेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com