अमेरिकी गायन प्रतियोगिता द भ्वाइसको टप टेनमा पुगिन् परिजिता बास्तोला


प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोला टपटेनमा पुगेकी छिन् । टप १३ बाट टप १० छनौट गरिएकोमा बास्तोलाले स्थान सुरक्षित गर्न सफल भएकी छिन् ।

परिजितालाई टपटेनमा लैजानका लागि बिश्वभरि छरिएर रहेका नेपाली तथा अन्यले मत दिएका थिए । परिजिता जोन लिजेन्डको टोलीमा छिन् ।

परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मूलकी अमेरिकन हुन् । द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।

आमा बिरा तिवारी, बुबा पंकज बास्तोला र दिदी प्रियांकासहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी परिजिताले ४ वर्षको उमेरदेखि गीत गाउन शुरु गरेकी थिइन्। दुई दशकअघि नेपालको काठमाडौँबाट बास्तोला परिवार अमेरिका पुगेका थिए। परिजिताको जन्म अमेरिकामा नै भएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com