काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, पछ्याउँदै प्रकाशमान


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिनुभएको छ । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाउनुभएको छ ।

नेकपा (एमाले) का किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार हुनुहुन्छ । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com