न्युयोर्कको बफेलो लगायतका क्षेत्रमा भारी हिमपात, गाडी चलाउन प्रतिबन्ध


प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार

न्युयोर्कको बफेलो र राज्यका अन्य भागहरूका बासिन्दाहरू शुक्रबार बिहान ब्यूझदा भारी हिमपातको सामना गरेका छन् । जसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा जनजीवन ठप्प हुनसक्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

शुक्रबार बिहानसम्म ओस्वेगो काउन्टीको विलियमस्टाउनमा दुई फिट हिउँ परिसकेको थियो भने बफेलो नियाग्रा अन्तर्राष्ट्रिय एयरपोर्टमा एक फिट भन्दा बढी हिउँ परेको थियो । राति बफेलोमा दुई घण्टामा ६ इन्च हिमपात भएको थियो ।

भारी हिमपातको कारण भिजिबिलिटी शुन्यमा झर्ने अनुमान गरिएको थियो भने लगभग यात्रा असम्भव बनाउने र पूर्वाधारमा क्षति हुने अपेक्षा गरिएको थियो । बिहीबार हिउँ पर्न थालेकोमा रातभर जारी रह्यो भने बफेलोमा ४ फिटभन्दा धेरै हिमपातको अनुमान छ ।

बफेलोले पनि आपतकालिन अवस्थाको घोषणा गरिएको छ । गभर्नर क्याथी होकुलले एरी ताल र ओन्टारियो ताल नजिकै राज्यको पश्चिमी र उत्तरपश्चिमी भागहरूमा ११ काउन्टीहरूको लागि संकटकाल घोषणा गरेकी थिइन् । बफेलोको घर एरी काउन्टीमा गाडी चलाउन प्रतिबन्ध लगाइएको छ ।

क्षेत्रहरू लेक इफेक्ट हिउँले ढाकिदै गएका छन् । जुन चिसो नभएको तालमाथि धेरै चिसो हावाको अवस्थाले श्रृजना गर्छ । एउटा ताल उदाहरणका लागि लगभग ४० डिग्री फरेनहाइटको तापक्रममा हुन सक्छ जबकि हावाको तापमान जम्ने अवस्थाको तापक्रम भन्दा कम हुन सक्छ।

तापमानको भिन्नताले केही अस्थिरता सिर्जना गर्छ र पानीले आर्द्रताको स्रोत प्रदान गर्दछ । जब यो जमिनमाथि पुग्छ, यसले पानीको बाफलाई हिउँको रूपमा जम्मा गर्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com